धनुषाको धारापानीमा एक मोसा चोरी, एक बेबारिसे फेला
पसल अगाडीबाटै मोटरसाईकल लिएर रफुचक्कर भएपछि प्रहरी पनि जिल्ल

२०७५ असोज १५ सोमबार, बिहान ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धारापानीमा एक मोटरसाईकल गएराती चोरी भएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ९ बाट गएराती करिब ३ बजेको समयमा स्थानीय भोली नायकको घरबाट ज ४ प ९८१२ नम्बरको १५० सिसि पल्सर मोटरसाईकल चोरी भएको हो ।आफ्नै पसलको अगाडी पार्किँग गरी राखिएको उक्त मोटरसाईकल दुई जनाको समूहमा आएको चोरहरु चोरी गरि भागेको बताइएको छ ।
राती आफ्नै पसलमा सुतिरहँदा भोली नायकलाई एक मोटरसाईकलमा सवार दुई जना युवकले पसल खुलाउन आग्रह गरेका थिए । रातीको ३ बजिरहँदा धारापानी चोकमै रहेको उक्त पसलमा पेट्रोल पाइनेभ भएकोले त्यति राती पेट्रोल छैन जवाफ नायकले फर्काएका थिए ।
जवाफ फर्काएर सुत्ना जाँदा मोटरसाईकल लिएर ती दुई युवक भागेको पीडितलाई उदृत गर्दै प्रहरी चौकी धारापानीका इन्चार्ज राम बहादुर अधिकारीले जनाए ।मोटरसाईकल लिएर भाग्दै गर्दा नायककी आमाले मोटरसाईकल चोरी भयो भनेर आवाज लगाएपछि स्थानीयहरु जागेका थिए । स्थानीय सहित प्रहरीले समेत युवकहरुलाई लखेटे पनि उनीहरु भाग्न सफल भएको बताइएको छ । उनीहरु धारापानी चोकदेखि धनुषाधाम जाने बाटो तर्फ भागेको बताइएको छ ।
यता, धारापानी चोकमै एक बेबारिसे मोटरसाईकल फेला परेको छ । ज ६ प २१९७ नम्बरको डिस्कोभर मोटरसाईकल फेला परेको प्रहरीले जनाएको छ । बेबारिसे मोटरसाईकल तीनै युवकहरुको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मोटरसाईकलको खोजी तीव्र पारिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…