अलैँची कृषक पाठशाला सञ्चालन
इलाम, १९ मंसिर : खोल्सीको सुन भनेर चिनिने अलैँची खेतीबारे जानकारी बढाउने उदेश्यले अलैँची कृषक पाठशाला सञ्चालन गरिएको छ । कृषकलाई अलैँची खेतीको गुणस्तर र उत्पादनमा वृद्धि गराउने उद्देश्यले जिल्लाको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका–५ स्थित जमुनामा अलैँची कृषक पाठशाला सञ्चालन गरिएको हो । हाँगेथाम ढाप

२०७४ मंसिर २० बुधबार, राति १२:४४ बजे१ मिनेट पढाइ

इलाम, १९ मंसिर : खोल्सीको सुन भनेर चिनिने अलैँची खेतीबारे जानकारी बढाउने उदेश्यले अलैँची कृषक पाठशाला सञ्चालन गरिएको छ ।
कृषकलाई अलैँची खेतीको गुणस्तर र उत्पादनमा वृद्धि गराउने उद्देश्यले जिल्लाको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका–५ स्थित जमुनामा अलैँची कृषक पाठशाला सञ्चालन गरिएको हो ।
हाँगेथाम ढाप कृषि कृषक समूहले उन्नति समावेशी वृद्धि कार्यक्रमको सहयोगमा अलैँची कृषक पाठशाला सञ्चालन गरेको अध्यक्ष बिप्लव भट्टराईले जानकारी दिनुभयो । सो पाठशालामा व्यावसायिक रुपमा अलैँची खेतीमा लागेका यस क्षेत्रका ४५ अलैँची कृषक समेटिएका छन् । पाठशालाबाट अलैँची खेतीको उत्पादन कसरी बढाउने, यसको गणुस्तरमा कसरी सुधार ल्याउने तथा विभिन्न किसिमका रोग लागेको खण्डमा रोग नियन्त्रण कसरी गर्ने लगायतका विषयमा जानकारी गराउन सहज हुने देउमाई नगरपालिकाका नगर कृषि प्रसार अधिकृत रविकिरण अधिकारीले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…