राम मनोहरको परिवारलाई युवाहरुद्धारा २५ हजार सहयोग
हिन्दी भाषामा ती युवाहरुले उनको परिवारलाई सहयोग गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर जारी राख्ने प्रतिवद्धता जाहेर समेत गरे ।

२०७५ असोज १० बुधबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी कस्टडीमा मृत्यू भएका स्वतन्त्र मधेस गठबन्धनका नेता राम मनोहर यादवको परिवारलाई युवाहरुले आर्थिक सहयोग गरेका छन् ।शहिद परिवारहरुलाई सहयोग गर्ने आफ्नो कर्तव्य ठान्दै उनीहरुले उनको परिवारलाई २५ हजार रुपैयाँको आर्थिक सहयोग जुटाएका हुन् ।
मधेसमा राम मनोहर यादव जस्तै पनि अरुले बलिदानी दिएको भन्दै उनको परिवारलाई हामीले पनि हेरिदिनुपरयो आफूहरुको पहिलो कर्तव्य रहेको भन्दै चन्द्रदेव मधेसी, राकेश यादव, प्रमोद साह, इन्द्र यादव, रामदियाल यादव, नोभ कुमार , सूरज यादव, रजावुल रेजा रआनन्द यादव लगायत ९ जना युवाहरु मिलेर २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
उनीहरुले राम मनोहर यादवको घरमै पुगी पीडित परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरिएको जनाइएको छ ।
आर्थिक सहयोग गर्दै उनीहरुले सामूहिक रुपमा यस्तो भने ,
एक चिंगारी राम मनोहर यादव ने सुलगाई हैं पर आजादी की आग हर मधेशि को फैलाना होंगे । मधेश परती का दायित्व उन सभी नागरिकों का है जो मधेश में रहते हैं। जो अपने मूलभूत अधिकारों के साथ मधेश में स्वतंत्र रूप से जीवन चाहते हैं। मधेश हमारा हैं ,मधेश के सारे प्राकृतिक संसाधन हमारे हैं, और हम हक से कहते हैं कि मधेश हमारा हैं । ऐ से में हर मधेशवासी देशभक्त बन सकता हैं यदि वह अपने कर्तव्यों के प्रति जागरूक रहें । युद्ध हो या शांति हर नागरिक को अपने कार्यक्षेत्र में दायित्वों का निर्वहन ईमानदारी एवं पूर्ण निष्ठा से करना चाहिए ।
हिन्दी भाषामा ती युवाहरुले उनको परिवारलाई सहयोग गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर जारी राख्ने प्रतिवद्धता जाहेर समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…