महाेत्तरीको नैन्हीमा झाडापखालाकाे प्रकाेप, १ को मृत्यु, २ सयबढी सिकिस्त
न्यूज ब्यूरो, महोत्तरी । महाेत्तरीकाे जलेश्वर नगरपालिका १२ नैन्ही गाउँमा अधिकांश झाडापखाला प्रकोपको सिकार भएका छन् । बस्तीका दुई सय भन्दा बढी बिरामी परेका छन् । एक बालिकाको मृत्यु भइसकेको छ । बालिकाको मृत्युसँगै बिरामीको संख्या बढेपछि चिकित्सकको टोलीले उपचार जारी राखेको छ । शनिबार २६ जना र आइतबार २५

२०७५ असोज ८ सोमबार, राति ८:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महाेत्तरीकाे जलेश्वर नगरपालिका १२ नैन्ही गाउँमा अधिकांश झाडापखाला प्रकोपको सिकार भएका छन् । बस्तीका दुई सय भन्दा बढी बिरामी परेका छन् । एक बालिकाको मृत्यु भइसकेको छ । बालिकाको मृत्युसँगै बिरामीको संख्या बढेपछि चिकित्सकको टोलीले उपचार जारी राखेको छ ।
शनिबार २६ जना र आइतबार २५ जना नयाँ बिरामी थपिएपछि प्रकोप नियन्त्रणमा आउन नसकेको हो । बिरामीको संख्या बढेपछि मदरसामै शिविरमा राखेर असोज २ गतेदेखि लगातार उपचार चलिरहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताउनुभयो ।
अनुगमनमा राज्यमन्त्री र सांसदहरु नैन्हीमा फैलिएको प्रकोपबारे बुझ्न संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री, प्रदेशका सामाजिक विकास मन्त्री तथा सांसद र सिडिओ र एसपीहरुसमेतको दौडाहा देखिएको छ ।
महामारी पूर्णरुपमा नियन्त्रणमा नआइसकेकाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री जलेश्वर आएर विवरण लिएका थिए । प्रदेशका राज्यमन्त्रीले समेत महामारी नियन्त्रणबारे चासो राखेका छन । शनिबार साँझ प्रदेश सभा सदस्य रानी तिवारी शर्मा बस्तीमै पुगेकी थिइन् ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल तथा एसपीसमेतले स्थलगत अनुगमन गरेका छन् । सोमबार ३ बजे विपत् व्यवस्थापन समितिको बैठक बोलाइएको छ । शिविरको अवस्था बुझ्न जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी प्रमुख डा.राजीव झासमेत पुगेका थिए ।
फागुनमा ओडिएफ, असोजमा प्रकोप:
प्रकोप फैलिएको वडा फागुन महिनामा खुला दिशामुक्त (ओडिएफ) भइसकेको वडा हो । नौलो घुम्ती संस्थाको सहजीकरणमा वडा खुला दिशामुक्त भएको थियो । वडामा १ हजार २ सय ९ घरधुरीले शौचालय बनाएपछि वडा खुला दिशामुक्त गरिएको जनाइएको छ ।
जनचेतना अभियान:
समृद्धि विकास समाजले प्रदेश सभा सदस्य शर्मा, वडाअध्यक्ष तथा चिकित्सक टोलीको निर्देशनमा प्रकोप फैलिएको नैन्ही मुस्लिम बस्तीमा जनचेतनामूलक जानकारी उपलब्ध गराउन थालेको छ । संस्थाका अध्यक्ष दीपककुमार पाण्डेले समाजसेवाका लागि कुनै परियोजना वा कार्यक्रमलाई कुर्नु भन्दा पनि संघसंस्थाको मुख्य उद्देश्य विपत्का बेला अभियान चलाइएको छ ।
बिरामीको तथ्यांकः
असोज २ गतेदेखि सञ्चालन भएको शिविरमा पाँच वर्षमुनिका ७ बालक र २१ बालिका उपचारका लागि सम्पर्कमा आएका छन् । यता ६ देखि १४ वर्ष उमेरका २८ बालक र ३५ बालिकाले समेत उपचार गराएका छन् । त्यस्तै, १५ वर्ष माथिका ४६ पुरुष र ६४ महिला बिरामी भई उपचारका लागि सम्पर्कमा आएका हुन् । बिरामीमध्ये ४ गर्भवती महिला र एक नाबालककी आमा रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक ठाकुरले बताउनु भयो । शिविरमा आएमा मध्ये ५० भन्दा बढीलाई स्लाइन पानी चढाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…