डुमरिया अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्न्ती नगरे संघर्ष गर्छौ : नेता अरगरिया
अस्पतालको उद्घाटन गराउनको लागि दाताहरुलाई थुनेर भएपनि उद्घाटन गराउने धम्की मेयरले दिएको आरोप लगाए ।

२०७५ असोज ८ सोमबार, बिहान ८:१८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रतीनीधि सभा सदस्य उमा शंकर अरगरियाले डुमारियामा उद्घाटनको तगारमा रहेको "शहिद सूर्यनाथ रान स्मृति अस्पताल" लाई प्राथमिक उपचार केन्द्रबाट जिल्ला अस्पतालमा स्तरोन्नती नगरे संघर्ष र आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरिया चोकमा निर्माण सम्पन्न अस्पतालको उद्घाटन शिघ्र नै गर्ने तयारी रहेको बताइरहेको बेला नेता अरगरियाले जिल्ला अस्पतालको नाममा दाताहरुले विघौ जग्गा दान गरेपनि उनीहरुसँग धोका गरिएको जनाए ।
सोमबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै नेता अरगरियाले भने, दाताहरुले जिल्ला स्तरको अस्पतालको लागि जग्गा दान गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रको लागि त १० कठ्ठामा समेटिन सकिन्थ्यो नी, तर विघौ जग्गा दाताहरुले जिल्ला अस्पतालको लागि दान गरेका छन् प्राथमिक स्वास्थ्य उपचार केन्द्रको लागि होईन् । शहिद सूर्यनाथ रानको नाममा अस्पतालको नाम राखियो, यसमा आपत्ति छैन खुसी छ, तर प्राथमिक स्वास्थ्य केन्द्रमा सीमित राख्नु कतिको उचीत ? उद्घाटन पूर्व नै जिल्ला स्तरको अस्पताल घोषित गरे म स्वयँ माला लिएर लगाउँछु र स्वागत गर्नेछु ।
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक समेत रहेका नेता अरगरियाले प्राथमिक स्वास्थ्य केन्द्रमा सीमिति राखेर उक्त अस्पताललाई नगरपालिकाको अधिनमा राख्न खोजेको आरोप लगाए । जग्गा दाताहरुले जिल्ला अस्पतालको नाममा जग्गा दान गरेको कागजातहरु हुँदाहुँदै पनि अस्पतालको स्तर तल झारेकोले आन्दोलन गर्ने चेतावनी दिए ।
अस्पतालको उद्घाटन गराउनको लागि दाताहरुलाई थुनेर भएपनि उद्घाटन गराउने धम्की मेयरले दिएको आरोप लगाए । दाताहरुलाई उद्घाटनसम्म केही बोलेमा जेपनि गर्ने धम्की दिएको आरोप लगाए ।
उनले भने, अस्पतालको नाम परिवर्तन वा अन्य कार्यको लागि स्वास्थ्यमन्त्री समक्ष पनि सिफारिस पुग्नुपर्छ, तर स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारतमा हुँदा वखत एक निवेदनको आधारमा मन्त्रीपरिषद्को निर्णय गरायो , आपत्ती भएन नाम परिवर्तनले, राष्ट्रिय शहिद हुनुहुन्छ र जग्गा पनि उहाँकै नाममा दान गरिएको छ, आपत्ति यहाँ छ की जिल्ला स्तरबाट स्तर झार्दै प्राथमिकसम्म मात्र किन ? उद्घाटन अगाडी उक्त अस्पतालको स्तरोन्नती गरिएन भने आन्दोलन निश्चित छ , संघर्ष निश्चित छ । उक्त क्षेत्रको प्रतिनीधि सभा सदस्यको हैसियतले जनताले मलाई गुहारे बमोजिम उक्त मुद्दामा उत्सुकता लिनु मेरो कर्तव्य र दायित्व हो ।
यता, नगरका मेयरले उक्त अस्पताललाई जिल्लास्तरीय मात्र होइन त्यो भन्दा उच्च स्तरको अस्पताल बनाउने भनेको एक जिज्ञासामा नेता अरगरियाले भने, बोलीमा मात्र होइन व्यवहारमा पनि हुनुपरयो नी, बोल्नलाई त जेपनि बोलीदिन्छ, तर उद्घाटन गर्नुभन्दा अघि अस्पताललाई नगरपालिकाको अघिनत्वबाट मुक्त गरी जनतालाई थप सुविधा प्रदानको लागि व्यहारिक गरे म आफैँ मेयरलाई माला लगाउँछु ।
यसअघि नगरका मेयर उदय कुमार बरबरियाले शहिद सूर्यनाथ रान स्मृति अस्पताललाई जिल्लास्तरीय भन्दा उच्च स्तरको अस्ताल बनाउने भनेका छन् । संघीयता लागू भएपछि जिल्लास्तरीय कार्यालयहरु समेत हटेको भन्दै अब जिल्लास्तरीय नहुने दाबी गरे । जनकपुर अञ्चल अस्पतालपछिको यही अस्पताल मात्र यो जिल्लामा सुविधायुक्त १५ सैयाको हुने दाबी गरे ।
यसका साथै, नेता अरगरियाले उक्त अस्पतालको उद्घाटन गराउनको लागि दाताहरुलाई थुनेर भएपनि उद्घाटन गराउने धम्की मेयरले दिएको आरोप लगाए । दाताहरुलाई उद्घाटनसम्म केही बोलेमा जेपनि गर्ने धम्की दिएको आरोप लगाए । अस्पतालको स्तरोन्नतीको लागि आईतबार संघर्ष समिति समेत गठन गरिएको जनाइएको छ । स्थानीय जोगिन्द्र गुरमैताको सँयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…