मधेशी जनताको गम्भीर दायित्व र चुनौती थपिएको : नेता भण्डारी
गौशाला, २५ मंसिर : महोत्तरी जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य नेता शरतसिंह भण्डारीले आफ्नो काँधमा मधेशी जनताको गम्भीर दायित्व र चुनौती थपिएको बताउनुभएको छ । जितपश्चात् आज जिल्ला सदरमुकाम जलेश्वरस्थित क्षेत्र नं २ को निर्वाचन अधिकृतक

२०७४ मंसिर २५ सोमबार, राति ८:१८ बजे१ मिनेट पढाइ

गौशाला, २५ मंसिर : महोत्तरी जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य नेता शरतसिंह भण्डारीले आफ्नो काँधमा मधेशी जनताको गम्भीर दायित्व र चुनौती थपिएको बताउनुभएको छ ।
जितपश्चात् आज जिल्ला सदरमुकाम जलेश्वरस्थित क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत मीना गुरुङको हातबाट प्रमाणपत्र लिएर नेता भण्डारी पत्रकार सम्मेलन गर्दै आजदेखि मधेशी जनताको गम्भीर दायित्व र चुनौती आफ्नो काँधमा थपिएको बताउनुभएको हो ।
नेता भण्डारीले मधेश र मधेशी जनताले आफूलाई पहिलो संविधानसभा निर्वाचनमा जिताएर र आज मधेश आन्दोलनपछि पुनः जिताएर आफूलाई अनुमोदन गरेको जिकिर गर्नुभयो । उहाँले आफू अब मधेश र मधेशी जनताको हक, अधिकार प्राप्ति र तिनका हितका लागि सधैँ तयार र तत्पर रहने बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…