सिरहामा दुईवटा मोटरसाईकल ठोक्किदा एकजनाको ज्यान गयो
न्यूज ब्यूरो, सिरहा । सिरहामा मोटरसाईकल दुर्घटनामा परी एकाजनाको ज्यान गएको छ । सिरहाको सुखिपुर बरियारपट्टी सडकखण्ड अन्तर्गत सुखिपुर नगरपालिका २ छजनामा शुक्रबार दुई वटा मोटरसाईकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो । स. ९ प. १११ नम्बरको मोटरसाइकल र स. २ प. १३०९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा

२०७५ असोज ६ शनिबार, दिउँसो १२:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा मोटरसाईकल दुर्घटनामा परी एकाजनाको ज्यान गएको छ । सिरहाको सुखिपुर बरियारपट्टी सडकखण्ड अन्तर्गत सुखिपुर नगरपालिका २ छजनामा शुक्रबार दुई वटा मोटरसाईकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।
स. ९ प. १११ नम्बरको मोटरसाइकल र स. २ प. १३०९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा स. ९ प. १११ नम्बरको मोटरसाइकलका चालक बरियारपट्टी गाउँपालिका ४ सोहपुरका बिकाउ यादबको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स. २ प. १३०९ मोटरसाईकलमा सवार धनगढीमाई नगरपालिका ५ निमचोकका रामपृत महतोका २६ बर्षीय छोरा राम उदगार महतो समान्य घाइते भएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…