मालपोत कार्यालय धनुषामा मुख्यमन्त्री राउतको छड्के
घुस प्रकरणमै मालपोत र नापी कार्यालयबाटै कैयौँ कर्मचारी अख्तियारको फन्दामा परिसकेका छन् ।

२०७५ असोज ४ बिहीबार, बेलुकी ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मालपोत कार्यालय धनुषामा विहिबार दिउँसो प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले छड्के हानेका छन् ।
मालपोत कार्यालयमा व्यापक घुस, भ्रष्टााचारी र कर्मचारीहरुको रबैयाप्रतिको गुनासोको आधारमा मुख्यमन्त्री राउतको टोलीले विहिबार दिउँसै छडके हानेका छन् ।प्रदेश नं. २ का मुख्य सचिव राजेश्वरमान सिंह सहितको टोलीले मालपोत कार्यालय धनुषामा पुग्ने वित्तिकै कर्मचारीहरु आ आफ्नो स्वभाविक पोजिसन लिएका थिए भने सेवाग्राहीहरु उत्साहित भएको देखियो ।
मुख्यमन्त्रीको टोली सहित मुख्यमन्त्री स्वयँ नै मालपोत कार्यालय पुगेपछि त्यहाँका कर्मचारीहरुले उच्च सतर्कता जस्तै अपनाएका थिए । कर्मचारीहरुको विहिबारको कार्यशैली र व्यवहार नियमित हुनुपर्ने सेवाग्राहीहरुले आसा गरे ।
मालपोत कार्यालयका निमित्त प्रमुख मो. इजहाराले कार्यालयको कार्य सम्पादनका विषयमा मुख्यमन्त्री राउतलाई जानकारी गराएका थिए भने सेवाग्राहीहरुले मुख्यमन्त्री राउत समक्ष खुलेर आफ्नो गुनासो पोखे ।
सेवाग्राहीहरुले कार्यालयमा कर्मचारीले गर्ने आलटाल, कर्मचारीको व्यवहार र ढिलासुस्ती लगायत गुनासो मुख्यमन्त्रीसँग राखेका थिए ।राउतले पनि सेवाग्राहीहरुसंँग प्रत्यक्ष भेटेर समस्याको समाधान गराउने आश्वासन दिए । सेवाग्राहीको चाप बढिरहने मालपोत कार्यालयको अवस्था अस्तव्यस्त रहेकोमा मुख्यमन्त्री राउतले तत्काल सुधार गरेर सेवाप्रहावमा तिव्रता ल्याउन निर्देशन समेत दिए ।
दैनिक सयौँको सँख्यामा लर्को लाग्ने सेवाग्राही मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीहरुले दस्तुरभन्दा बढी घुस रकम तिरेर काम गराउने बाध्यता सिर्जना गरिएको छ भने उक्त कार्यालयहरुमा दलालहरुको विगविगी बढेकै कारण कार्यालयको हालात त्यस्तो भएको देखिएको छ ।
घुस प्रकरणमै मालपोत र नापी कार्यालयबाटै कैयौँ कर्मचारी अख्तियारको फन्दामा परिसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…