आज शहिद सूर्यनाथ रानको ३२ औँ स्मृति सभा , शिक्षा मन्त्री पोखरेल धनुषा आउँदै
अन्तरक्रिया कार्यक्रम विहान १०ः३० बजेदेखि सुरु हुने जनाएको छ ।

२०७५ असोज ४ बिहीबार, बिहान ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनयुद्धकालमा सहादत दिएका धनुषाका शहिद सूर्यनाथ रानको ३२ औँ स्मृति सभा आज विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरिया स्थित शहिद सूर्यनाथ रानको पार्क नजिकै डुमरिया चोकमै स्मृति सभाको आयोजना गरिएको नगरका मेयर उदय कुमार बरबरियाले जानकारी दिए ।
तत्कालिन कम्युनिष्ट पार्टीका आन्दोनका अगुवाको भूमिका निर्वाह गरेका रानले वि.स. २०४२ सालमा ज्यानको आहुति दिएका थिए । राष्ट्रिय शहिद घोषित रानको स्मृतिसभा प्रत्येक वर्ष असोज ४ गतेका दिन डुमरियामा आयोजना गरिदै आएको छ ।
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको अध्यक्षता एवम् शिक्षामन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यमा स्मृति सभाको आयोजना गरिएको जनाइएको छ ।
शिक्षा समितिसँग अन्तरक्रिया
अन्तरक्रिया कार्यक्रम विहान १०ः३० बजेदेखि सुरु हुने जनाएको छ ।
शिक्षामन्त्री गिरिराजमणी पोखरेलेको प्रमुख आतिथ्यमा नगर शिक्षा समितिले अन्तरत्रिया कार्यक्रमको आयोजना समेत गरेको छ । जनता इकाई माविको प्राँगनमा रहेको शिक्षा समितिको कार्यालय भवनमा नगर शिक्षालाई झन बलियो स्तरलाई माथि उकास्ने सम्बन्धी एक दिने अन्तरक्रिया समेत आयोजना गरिएको हो ।
अन्तरक्रिया कार्यक्रमको दौरान शिक्षामन्त्री पोखरेलसँग नगरभित्र सिटीइभिटी शिक्षा लागू गर्ने सम्बन्धमा वृहत अन्तरक्रिया हुने मेयर बरबरियाले न्यूज ब्यूरोसँग भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…