सिके राउतको कार्यक्रममा जनकपुर जान लागेका गाडिलाई प्रहरीले मिर्चैयामै घेरे !
डा. सिके राउतको कार्यक्रम मधेसको विभिन्न जिल्लामा तय गरिएको छ । राउत जनकपुरमा सहभागी हुने भएको छ ।

२०७५ असोज ३ बुधबार, दिउँसो २:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । असोज ३ गते संविधान दिवसमा मधेशी सहिदहरुप्रति श्रद्धाञ्जली तथा संविधानको विरोधमा कालो दिवस मनाउन जनकपुरधाम जान लागेका गाडिहरुलाई प्रहरीले मिर्चैयामै थन्काएका छन् ।
स्वतन्त्र मधेश गठबन्धनको आह्वानमा “चलु जनकपुर भरु जनकपुर” कार्यक्रममा जनकपुर प्रस्थान गरेका गाडिहरुलाई प्रहरीले मिर्चैयास्थित पूर्वपश्चिम राजमार्गमै थन्काएका हुन् ।
भारी संख्यामा जनकपुर जान लागेका उनीहरुको गाडि प्रहरीले बाटोमै घेरेपछि सर्वसाधारणहरु प्र्रहरी विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
अलगै मधेश देशको माग गर्दै आन्दोलनरत्त डा. सिके राउत नेतृत्वको गठबन्धनले बुधबार (आज) संविधान दिवसको अवसरमा जनकपुरको बाह्रविघा रंगभूमि मैदानमा कालो दिवस मनाउने तयारी गरेका छन् ।

डा. सिके राउतको कार्यक्रम मधेसको विभिन्न जिल्लामा तय गरिएको छ । राउत जनकपुरमा सहभागी हुने भएको छ ।
पूर्व घोषित कार्यक्रम अन्तर्गत डा. सिके राउतले आज मनाउने भनेको कालो दिवस कार्यक्रम असफल पार्न प्रहरीले पहिलादेखि नै सुरक्षा व्यवस्था कडा पारेको छ ।

कार्यक्रममा गाउँ गाउँबाट भारी सँख्यामा सर्वसधारण जनकपुर उतार्ने गठबन्धनको योजना रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…