सिके राउतका करिब ५ दर्जन कार्यकर्ता पक्राउ, 'कालो दिवस' को लहर जारी !
मात्र सिके राउतलाई समात्नको लागि तथा कार्यक्रम स्थल विथोल्नको लागि प्रहरीले भारी सँख्यामा प्रहरी परिचालन गरेको छ ।

२०७५ असोज ३ बुधबार, दिउँसो १२:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । असोज ३ गते संविधान दिवसमा जनकपुरधाममा मधेसी शहिदहरुप्रति श्रद्धाञ्जली तथा संविधानको विरोधमा कालो दिवसको आयोजनामा सक्रिय रहेका डा. सिके राउतका करिब ५ दर्जन कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
बुधबार जनकपुरमा "चलु जनकपुर, भरु जनकपुर" कार्यक्रमको आयोजना गरेको डा. राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरुलाई धनुषा प्रहरीले नियन्त्रण्मा लिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
स्वराजको माग सहित वि.स. २०७२ साल असोज ३ गते बन्दुकको नालमा मधेस र मधेसी जनताको हित विपरितको विभेदकारी संविधान जारी गरिएको भन्दै त्यसको विरोध गर्दै संविधान दिवसमा कालो दिवस मनाउँदै आएको बताइएको छ । यसपाली जनकपुरधाममा कालो दिवसको आयोजना गरेको डा. राउतलाई मध्यनजर गर्दै धनुषा सहित मधेसका अन्य जिल्लाहरुमा प्रहरीले सुरक्षा निगरानी कडा पारेको छ ।
मात्र सिके राउतलाई समात्नको लागि तथा कार्यक्रम स्थल विथोल्नको लागि प्रहरीले भारी सँख्यामा प्रहरी परिचालन गरेको छ ।
जनकपुरको रंगभूमि मैदान बाह्रविघामा आज दिउँसो "चलु जनकपुर, भरु जनकपुर" कार्यक्रम अन्तर्गत संविधानको विरोध गर्दै कालो दिवस मनाउन गाउँ गाउँबाट सर्वसधारणहरु भारी सँख्यामा उतार्ने योजना रहेको छ ।
यता, यस्तो अवस्थामा प्रहरीले सिके राउतका कार्यकर्ता तथा सिके राउतकै लागि चलाएको विशेष सर्च अभियानपछि उनको क्रेज भने युवाहरुमा उत्तिकै बढदै गएको देखिएको छ ।
यस सम्बन्धी अन्य समाचारहरु
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…