"चलु जनकपुर, भरु जनकपुर" मा घुसपैठ हुन सक्छ, सावधान ! : डा. सिके राउत
"चलु जनकपुर, भरु जनकपुर" मा डा. सिके राउत अनिवार्य सहभागि हुने बुझिएको छ भने गाउँ गाउँबाट लाखौ जनता जनकपुर आउँदै छ ।

२०७५ असोज ३ बुधबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतले आव्हान गरेको "चलु जनकपुर, भरु जनकपुर" कार्यक्रममा लाखौ समर्थक उतारने अनुमान गरिएको छ ।
मधेसी शहिदहरुको सम्मानमा जनकपुरधाममा आयोजना गरिएको "चलु जनकपुर, भरु जनकपुर" कार्यक्रमको प्रचार विगत २ महिनाअघि देखि नै गरिरहेको बताउँदै असोज ३ नजिक आउँदा राजनीतिक पार्टीले समेत आयोजन ागर्न लागिएको भन्दै उनीहरुले आयोजना गर्ने पूर्णत शान्तीपूर्ण कार्यक्रममा घुसपैठ गरी दँगा भडकाउन सक्ने भएकोले आफ्ना कार्यकर्ता तथा सर्वसाधारणमा सचेत र सावधान रहन आग्रह गरिएको छ ।
"चलु जनकपुर, भरु जनकपुर" मा डा. सिके राउत अनिवार्य सहभागि हुने बुझिएको छ भने गाउँ गाउँबाट लाखौ जनता जनकपुर आउँदै छ ।
स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता अब्दुल खानले मँगलबार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिक समाज, विद्यार्थी, बुद्धिजीवी सहित व्यापारी वर्गको सँयोजनमा मधेसी शहिदको सम्मान गर्न र विभेदकारी संविधानको विरोध कार्यक्रमका लागि मानवअधिकारकर्मी, स्थानीय पत्रकारहरुमा आव्हान समेत गर्दै कार्यक्रम पूर्णत शान्तीपूर्ण हुने प्रष्ट छ ।

अचानक अन्तिम हप्ता अन्य राजनीतिक पार्टीले पनि कार्यक्रम आयोजन गर्न लागेको प्रति ध्यानाकर्षण गर्दै गठबन्धनले भिजलान्ते समूहले घुसपैठियाको प्रयोग गरी कार्यक्रम विथोल्ने तथा भडकाउने र हुलदँगा समेत गर्न सक्ने भएकोले शान्तीपूर्ण र धैर्यपूर्वक कार्यक्रममा सहभागी हुन आग्रह समेत विज्ञप्ति मार्फत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…