भोलि असोज ३ गते अर्थात हाम्रो लागि 'कालो दिन'
बन्दुकको नालमा लादिएको संविधानको बिरोध गरौं ।

२०७५ असोज २ मंगलबार, दिउँसो ४:१८ बजे१ मिनेट पढाइ

अंतरिम संविधान २०६३ ले दिएको अधिकार २०७२ को संविधानले खोसेको विरुद्ध हामी सडकमा जिबन मरनको लडाइ लड्दै थिए, उता मधेस बिरोधि तत्वहरु काठमाडौमा दिपावली मनाउँदै रमाउदै थिए ।
हाम्रा दाजुभार्इ खोसिएको अधिकार पुनः प्राप्तिका लागि शान्तिपूर्ण रुपले आन्दोलन गरि रहदा ती मधेस बिरोधि तत्वहरुबाट संचालित नेपाल प्रहरी र शस्त्र प्रहरी द्वारा हाम्रा दाजुभाइको टाउको र छातीमा गोलि ठोकेर हत्या गर्दै थिए ।
बन्दुकको नालमा लादिएको संविधानको बिरोध गरौं ।
नेपाल प्रहरी द्वारा हत्या भएको हाम्रा दाजुभाइको लास लिन सिडियो सँग बिन्ती गर्दै थिए, उता काठमाडौंमा मधेस बिरोधि राजनीति दलका नेताहरु फट्ट्का पड्काउदै उत्सव मनाउदै थिए । हाम्रो मधेसको भुमि मधेसी पुत्रको रगतले रंगीएको थिए, उता संविधान निर्माणको खुसीमा रंग अबिरले पहाडको भुमि रङेका थिए ।
प्रशान्त झा
युवा नेता, राजपा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…