धनुषाको महेन्द्रनगरमा सँजना अटोद्धारा जेडआर स्कूटरको ‘स्ट्रिट रयाली ’ मोडेल लञ्च
रे जेडआर स्ट्रीट रयाली नयाँ डिजाइनमा आधारित मोडल हो ।

२०७५ असोज १ सोमबार, दिउँसो ३:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता संजना अटोले आकर्षक रे जेडआर स्कुटर सीरिजको नयाँ एडिशन ‘स्ट्रिट रयाली’ महेन्द्रनगर धनुषामा ल्याएको छ ।
सोमबार संजना अटोले एक कार्यक्रमका बीच भव्यताको साथ रे जेडआर स्कुटर सीरिजको नयाँ एडिशन ‘स्ट्रिट रयाली’ को लञ्च गरेका छन् ।स्कुटर क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर धनुषाका मेयर योगेन्द्र पजियारद्धारा यसको औपचारिक लन्च गरिएको हो । यो स्कुटरमा अपडेटेड फिचर दिइएको छ । रे जेडआर स्ट्रीट र्याली नयाँ डिजाइनमा आधारित मोडल हो । यसको स्वरुप यामाहाको एमटी–०९ जस्तै रहेको छ ।
‘स्ट्रिट रयाली’ स्टार्टअप तथा स्पोर्टी मिररको विशेषता दिइएको छ । यसमा डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टरसमेत लगाईएको छ । स्टान्र्डड मोडल जस्तै ११३ सिसिको एयरकुल्ड ब्लु कोर इन्जिन दिइएको छ ।
जसले ७.१ बिएचपीपावरका साथै ८.१ न्युटन टर्क उत्पादन गर्छ । यसमा इन्जिनसँगै रोलर आर्म दिइएको छ, जसले कम स्पीडमा स्कुटर चलाउदापनि बढी पावर उत्पादन गर्न सक्छ । अत्याधुनिक विशेषतासहित सार्वजनिक भएको यो स्कुटर रातो र निलो दुई कलर अप्सनमा उपलब्ध रहेको छ ।
फ्रन्ट डिस्क ब्रेक एण्ड एलोई ह्विल रहेको ‘स्ट्रिट रयाली’ आकर्षक डिजाईन र पूर्ण आत्मविश्वासी रहेको मानिन्छ । यसमा चालकको सुरक्षाको लागि नकल गार्ड समेत रहेको छ ।
संजना अटोका संचालक संजित राज श्रेष्ठका अनुसार यसले ग्राहकको मन राम्ररी जित्ने विश्वास लिईएको छ । उनले स्कुटर रुचाउनेका लागि बरदान हुने दाबी गरे ।
कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिका वडा नं.४ का वडा अध्यक्ष जगदीश यादव, सशस्त्र प्रहरी बेस क्याम्प नकटाझिझका प्रहरी नायब उपरिक्षक सुशिल पराजुली, ईलाका प्रहरी कर्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अरुण कुशवाहा, लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…