सुनसरीमा मतगणना स्थगित
इटहरी, २५ मंसिर : सुनसरीको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने भागसमेत फेला परेको भन्ने विषयमा उत्पन्न विवाद अझै जारी छ । सात घण्टाअघिदेखि शुरु भएको विवादमा वाम गठबन्धनका उम्मेदवार नेकपा(एमाले) नेत्री भगवती चौधरी र नेपाली काँग्रेसका

२०७४ मंसिर २५ सोमबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

इटहरी, २५ मंसिर : सुनसरीको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने भागसमेत फेला परेको भन्ने विषयमा उत्पन्न विवाद अझै जारी छ ।
सात घण्टाअघिदेखि शुरु भएको विवादमा वाम गठबन्धनका उम्मेदवार नेकपा(एमाले) नेत्री भगवती चौधरी र नेपाली काँग्रेसका उम्मेदवार नेता उपप्रधानमन्त्री विजयकुमार गच्छदारबीच एकापसमा धाँधलीको घोचपेच चल्दा लामो समयदेखि विवादले निकास पाउन सकेको छैन ।
विवादबीच अपराह्न एमाले र काँग्रेस नेता कार्यकर्ताबीच झडपको स्थिति पैदा भइरहेको छ । पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले भगवतीभन्दा १५५ मत कम अर्थात् २९ हाजार १७१ मत प्राप्त गर्नुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…