फोरम- राजपाले प्रदेश - २ मा 'कालो दिवस' हैन, 'संविधान दिवस' मनाउने !
असोज ३ गते संविधान दिवसलाई हर्षोल्लासपूर्वक मनाउने कि बिरोध गर्ने भन्नेमा दुवै दल धर्मसंकटमा फसेका छन् ।

२०७५ भदौ ३१ आइतबार, बेलुकी ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान दिवसको विरोध गर्न मन्त्रीहरु नै खटाउने निर्णय गरेका बेला संघीय समाजवादी फोरम र राजपा गठबन्धनका प्रदेश २ सरकारले संविधान दिवस मनाउने तयारी गरेको छ ।
प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस मनाउने तयारी गरेको छ ।२०७२ असोज ३ गते नेपालको संविधान २०७२ घोषणाको दिनलाई प्रदेश २ सरकारले पनि मनाउने तयारी गरेको हो । तर दिवसका दिन गरिने कार्यक्रम भने टुंगो लगाउन बाँकी छ । प्रदेश सरकारका मन्त्रालयहरु रहेको जनकपुर चुरोट कारखाना परिसरमा संविधान दिवसका दिन बृक्षारोपण गर्ने सरकारको तयारी छ ।
संविधान दिवसका दिन बृक्षारोपण गर्ने कार्यक्रम मात्र तय भएको तर थप कार्यक्रमको टुंगो लाग्न बाँकी रहेको प्रदेश २ मुख्य सचिव राजेश्वरमान सिंहले बताउनुभयो । दुवै मधेसवादी दलले यसअघि संविधान दिवसलाई कालो दिवस भनेर मनाने चर्चा चलाएको थियो । तर सरकार घटक राजपा नेपालले भने असोज ३ लाई कालोदिवस मनाउने घोषणा गरिसकेको छ ।
प्रदेश २ मा आफ्नै सरकार र संघीय सरकारलाई समर्थन गरेकाले असोज ३ गते संविधान दिवसलाई हर्षोल्लासपूर्वक मनाउने कि बिरोध गर्ने भन्नेमा दुवै दल धर्मसंकटमा फसेका छन् ।
संघीय सरकारले असोज ३ गते संविधान दिवस मनाउन प्रदेश सरकारलाई पत्राचार गरेको छ । त्यही पत्रको आधारमा प्रदेश २ को सरकार मूल समारोह समिति गठन गरेर संविधान दिवस मनाउने तयारीमा छ । नागरिक टाईम्स अनलाईनमा समाचार प्रकाशित छ ।
यो समाचारको अरिजिनल लिंक : http://www.nagariktimes.com/2018/09/59742/#.W54_MwMXiyw.facebook
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…