अभिनेता गोविन्दाले लाख बत्ति सहित १०८ ब्राम्हणद्धारा पशुपतिनाथमा गरे पूजा !
पशुपतिमा उनको पूजाका लागि सुरक्षा सर्तकता उच्च पारिएको थियो ।

२०७५ भदौ ३१ आइतबार, दिउँसो १:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । शनिबार नेपाल आईपुगेका बलिवुड अभिनेता गोविन्दा अहुजाले लाख बत्ति सहित पशुपतिनाथमा पूजाआजा गरेका छन् ।आईतबार विहानै सुपरस्टार गोविन्दाले आफ्नी छोरी टिना अहुजा सहित १०८ ब्राम्हण र बटुक सहित पशुपतिनाथको दुई ठाउँमा यज्ञ लगाउँदै साढे ३ घण्टा लगाएर पूजा आरती गरेका छन् ।
एलजी सिने सर्कल अवार्डका लागि शनिबार आफ्नो ससुराली काठमान्डौँ आएका गोविन्दाले पशुपतिनाथ मन्दिरमा एक लाख ५६ हजारको विशेष पूजा गरेका हुन् । गोविन्दाको यज्ञ हेर्नका लागि पशुपतिमा ठूलो घुईँचो थियो । गोविन्दा भारीत तल्लो संदन लोकसभाका पूर्व सांसद पनि हुन् । पशुपतिमा उनको पूजाका लागि सुरक्षा सर्तकता उच्च पारिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…