जनकपुरधाममा विद्यालय बन्द गराउँदै हिडेका १४ प्रदर्शनकारी पक्राउ !
प्रदर्शनकारीहरुले एक दर्जन बढी विद्यालय बन्द गराएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको मोबाईल टोलीले उनीहरुलाई प्रक्राउ गरिएको जनाइएको छ ।

२०७५ भदौ ३१ आइतबार, दिउँसो १२:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा गुणस्तरीयहिन शिक्षा विरुद्ध आन्दोलनमा उत्रेका प्रदर्शनकारीहरुलाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । आईतबार विहान पूर्व घोषित कार्यक्रम अनुसार जनकपुरधाममा सँचालित नीजि तथा समुदायिक विद्यालयहरु बन्द गराउदै हिडेका प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाइएको छ ।
शैक्षिक माफिया विरुद्धको अभियान चलाएका गुणस्तरीयहिन शिक्षा विरुद्धको सँघर्ष समितिका पदाधिकारीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जनकपुरधाममा केही निजी विद्यालयहरुले शिक्षाको नाममा व्यापार गर्दै गरेको तथा शिक्षाको स्तर शून्य बनाएको भन्दै शिक्षामा गुणस्तरीयताको माग गर्दै शनिबार प्रदर्शन गरेका प्रदर्शनकारीहरु उपर प्रहरीले लाठीचार्ज गरेपछि त्यसको विरोधमा आईतबार विद्यालयहरु बन्द गराउने भनेका थिए ।
विहानैदेखि जनकपुरधाममा सँचालित केही नीजि विद्यालयहरु बन्द गराउन गएका समितिका प्रदर्शनकारीहरुले एक दर्जन बढी विद्यालय बन्द गराएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको मोबाईल टोलीले उनीहरुलाई प्रक्राउ गरिएको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा समितिका किशन साह, समितिका सँयोजक आदित्य नेपाल लगायत ८ जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…