ब्रेन ट्युमरले थलिएका बालकलाई आर्थिक सहयोग, मद्दत गरिदिन परिवारको अपिल
पासमानलाई सल्हेश सेवा समाज नामक सामाजिक संस्थाले आर्थिक सहयोग गरेका हुन् ।

२०७५ भदौ ३१ आइतबार, बिहान ८:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका ९ दनुवारी टोलमा ब्रेन ट्युमरले थलिएका एक किशोरलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ । उपचारका लागि रकम नहुँदा ब्रेन ट्युमरले थलिएका कर्जन्हा ९ दनुवारी टोलका बासिलाल पासमानका १३ वर्षीय छोरा पप्पु पासमानको उपचारका लागि आर्थिक रकम सहयोग गरिएको हो ।
पासमानलाई सल्हेश सेवा समाज नामक सामाजिक संस्थाले आर्थिक सहयोग गरेका हुन् । संस्थाले सनिवार पासवानको घरमै पुगेर २१ हजार ५५ रुपैयाँ सहयोग गरेको संस्थाका सहसचिव राजेश कुमार पासमान जानकारी दिए ।
आर्थिक अवस्था एकदमै कमजोर रहेका पासवानको जेठो छोरा १३ वर्षीय पप्पुलाई भएको ब्रेन ट्युमरको उपचारका लागि तत्काल डेढ लाख रुपैयाँ नहुँदा अप्ठ्यारोमा परेका छन् ।
स्थानीय जनसेवा माविमा कक्षा ६ मा पढिरहेका छोरा पप्पुलाई पछिल्लो साउनमा विराटनगरस्थित न्यूरो अस्पतालमा १८ दिनसम्म उपचार गराउँदा पौने तीन लाख रुपैयाँ खर्च भएको पासवानले बताए ।
उनले भने, ‘गाउँलेहरुसँग चन्दा उठाएको पौने तीन लाख रुपैयाँ उपचारमा सकियो तर रोग निको भएन, चन्दाबाट संकलन भएको रकम रित्तिएसँगै चिकित्सकले तत्काल भरतपुर क्यान्सर अस्पताल लैजान सुझाएपछि छोरा लिएर घर फर्किएँ, गाउँमा उठाएको चन्दाको रकम पनि उपचारमा सकियो तर रोग निको भएन, छोराको अवस्था दिनदिनै नाजुक बन्दै गएको छ ।’
सम्पत्तिको नाममा दुई धुर घडेरी मात्र भएका पासवान भन्छन् ‘रकम नहुँदा छोरा उपचार नपाएर पीडामा छ ।’ पप्पुका ठूलोबा दुखिन्द्र पासवानले स्थानीय गाउँले, इष्टमित्रहरुले पछिल्लो साउनदेखि नै ‘पप्पुको जीवन रक्षाका लागि सहयोग अभियान’ सञ्चालन गरेको बताए ।
अभियान अन्तर्गत पप्पुको उपचारमा सहयोग गर्न चाहनेहरूले कर्जन्हास्थित माछापुच्छ्रे बैंकमा रहेको खाता ७५–७६–५२४–६४७१४४–०१–५ मा सहयोग उपलब्ध गराईदिन पासवानले अपिल समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…