हुलाकी सडकका ठेकेदार पूलको नाममा हुलाकी अवरुद्ध गरेका छन : अरगरिया
नेता अरगरिया बारम्बार संघीय सदन मार्फत सम्बन्धीत निकाय र सरकारलाई ध्यानाकर्षण गराएपनि रतिभर पनि चासो लिइएको छैन ।

२०७५ भदौ ३१ आइतबार, बिहान ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । हुलाकी राजमार्ग निर्माणका ठेक्का लिएका ठेकेदारले पूलको नाममा हुलाकी सडक अवरुद्धको नेता अरगरियाले आरोप लगाएका छन् ।शनिबार संघीय सदनमा बोल्दै धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य नेता अरगरियाले बर्षौदेखि हुलाकी सकड निर्माण कार्य थालेपनि ठेकेदारको निहुँका कारण हुलाकी सडक अवरुद्ध भएको बताए ।
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक समेत रहेका नेता अगरियाले धनुषाको यदुकूहा सिँगयाही सडकखण्ड बनाउने ठेकेदारले समेत चरम लापरवाही गरेपछि उक्त भेकका जनताले सास्ती भोग्नु परेको बताएका छन् ।
यदूकूहा सिँगयाही सडकखण्ड समयै कुशल निर्माणको लागि उक्त सडक आयोजनाका डिइलाई ध्यानाकर्षण गराएका थियौँ, उहाँले ७ दिनभित्रै मुवाअयना गरी काम तीव रुपले बढाउने आवश्वास त दिए तर व्यवहारमा भने उत्तारेनन । स्थानीय निकाय भन्छन्, यो राष्ट्रस्तरको योजना हो, हामीले किन गर्ने भनेर भन्छ , र त्यही लापरवाहीका कारण आम जनताले निकै सास्ती भोग्नुपरेको छ , यसतर्फ सरकारले ध्यान दिनुपर्छ । उनले भने ।
नेता अरगरिया बारम्बार संघीय सदन मार्फत सम्बन्धीत निकाय र सरकारलाई ध्यानाकर्षण गराएपनि रतिभर पनि चासो लिइएको छैन ।
मधेसको लाईफलाईनको रुपमा रहेको हुलाकी सडकको जनकपुरदेखि कमलानदिसम्मको जिम्मा लिएका ठेकेदारले बर्षायाम आउने गरी मात्र काम गर्ने तथा बर्षायाम सुरुभएपछि पूल निर्माणको बहानामा जताततै डाईभर्सन बनाएर उत्त दुरीको हुलाकी सडक अवरुद्ध नै गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…