सर्लाहीमा ३० हजार बढी बालबालिका विद्यालय बाहिर
चरम गरिबीका कारण उनीहरु अहिले पनि विद्यालय बाहिर रहन बाध्य भएका हुन् ।

२०७५ भदौ ३० शनिबार, बिहान ८:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । आज देशभरका विभिन्न जिल्लाभरमा राष्ट्रिय बाल दिवस मनाइरहँदा सर्लाहीमा भने अझै ३० हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ ।
चरम गरिबीका कारण उनीहरु अहिले पनि विद्यालय बाहिर रहन बाध्य भएका हुन् । जिल्लामा ३९ प्रतिशत महिलामात्रै साक्षर छन् भने ६०.३० प्रतिशत पुरुष साक्षर रहेको जिल्ला शिक्षा समन्वय इकाइ सर्लाहीको तथ्यांकमा उल्लेख छ ।
पटक–पटक भर्ना अभियान सन्चालन गर्दासमेत जिल्लामा २५ हजार ५१५ जना उमेर पुगिसकेका बालबालिका विद्यालय बाहिर रहेका हुन् ।
उनीहरु अहिलेपनि बाल मजदुरकारुपमा विभिन्न ग्रील उद्योग, होटल, इँटाभट्टा उद्योग तथा अरु जोखिमपूर्ण काम गरिरहेका जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…