९ महिने शिशु 'सोनाली' कहिले न्याय पाउने ?
दुश्कर्म गरी हत्या गरेर आँपको बगैचाँमा नग्न फालिदिए ।

२०७५ भदौ २९ शुक्रबार, दिउँसो १२:०९ बजे१ मिनेट पढाइ

सम्पादकीय ||
महोत्तरीको औरही नगरपालिकाको वडा नं. १ स्थित आफ्नै पसलमा खेलिरहँदा ९ महिने शिशु सोनाली चौधरीलाई अपहरण गरी दुश्कर्म पछि हत्या गरियो ।
गत भदौ १० गतेका दिन साँझै एक अपिरिचित युवक आएर आफू सोनालीको बुवालाई चिनेको भन्दै ती अबोध शिशुलाई उठाएर लगे, त्यसपछि दुश्कर्म गरी हत्या गरेर आँपको बगैचाँमा नग्न फालिदिए ।
९ महिने शिशु (बालिका) लाई दुश्कर्म पश्चात हत्या गरेपछि गाउँका महिला, बालबालिका, युवक, वश्यक, वृद्ध, बुद्धिजीवी यहाँ सम्मकी उद्योग वाणिज्य सँघ पनि सडक तताउन आयो ।
कलिलो शिशसँग भएको दुश्कर्म पश्चात बढेको आक्रोस र आवेगलाई तत्कालै स्थानीयवासीन्दाहरुले जाहेर पनि गरे । स्थानीय प्रशासनले ४ दिने अल्टिमेटम बुझदै भदौ २० गतेभित्र जसरी पनि अभियुक्तलाई पक्राउ गरिने आश्वासन पनि दियो ।
स्थानीय प्रशासनको आश्वासनपछि साम्य भएको आन्दोलन आश्वसनकै भरमा विलय भयो र सुते त्यहाँका युवा, युवा क्लव, जनप्रतिनीधि, नेता, अगुवा आन्दोलनकारी । ९ महिने सोनालीको अन्तिम सँस्कार त गरियो, तर उनको अभिभावकको, परिवारको पीडाको केही मोल भएनन् ।
प्रहरी प्रशासनकै ढिलासुस्ती र कमजोरीपनाले सोनालीको जिकीर साम्य भएको देखिएको छ । स्थानीय युवाहरु देखावटीको लागि मात्र, मिडियामा आउनको लागि मात्र पनि दिखावाको आन्दोलन गरिएको थियो की ? कि सोनालीले न्याय पाइन ?
आज सोनालीको चीर हरण र त्यसपछिको दुश्कर्म र हत्याबाट निस्केको पीडित आत्मा त्यहाँका जिम्मेवार युवा र जनप्रतीनीधिलाई गुहार गर्छन , मैले न्याय कहिले पाउने ?
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…