ज्यालादारी सरह नियुक्ति र मासिक ज्यालादारीमा पारिश्रमिक दिनुपर्ने मिटर रिडरको माग
उनीहरुले मर्मत प्राबिधिक जस्तै आफूहरुलाई पनि ज्यालादारी सरह नियुक्ति दिनुपर्ने माग राखेका छन् ।

२०७५ भदौ २९ शुक्रबार, बिहान १०:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विद्युत मिटर रिडिँग गर्ने कर्मचारीहरुले मासिक ज्यालादारीको माग गरेका छन् ।
धनुषा, सिरहा, सप्तरी, सर्लाही, झापा, मोरङ, सुनसरीमा विद्युत मिटर रिडरको काम गर्दै आएका विद्युत प्राधिकरणका कर्मचारीहरुले आफूहरु हेपिएको भन्दै मासिक ज्यालादारीको रुपमा प्रारिश्रमिक पाउनुपर्ने माग अघि सारेका छन्।
ती जिल्लाहरुमा कार्यरत करिब ५ सयको हाराहारीमा रहेका मिटर रिडरहरुले आफूहरु उपर श्रम शोषण भएको भन्दै मासिक रुपलै पारिश्रमिक दिनुपर्ने जोडदार माग गरेका छन् ।
विद्युत प्राधिकरणले मिटर रिडरलाई प्रति घर गोटागन्तीका हिसाबले ३ रुपैयाँदेखि ४ रुपैयाँसम्म मात्र दिँदै आएको छ । गोटागन्ती हिसाबले पारिश्रमिक पाउँदै आएका मजदुर र प्राबिधिक मजदुरसँग मिलेर ज्यालादारीका रुपमा काम गर्न पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेको थियो ।
यता, आन्दोलनमा रहेका मर्मत प्राबिधिकहरुलाई ज्यालादारीमा राखेपनि मिटर रिडरहरुलाई भने गोटागन्तीकै हिसाबमा राखेको भन्दै आफूहरुलाई समेत मासिक ज्यालादारीमा राख्नुपर्ने माग सारेका छन् ।
उनीहरुले मर्मत प्राबिधिक जस्तै आफूहरुलाई पनि ज्यालादारी सरह नियुक्ति दिनुपर्ने माग राखेका छन् । प्राधिकरणमा १५ बर्षयता गोटागन्तीको रुपमा मिटर रिडर गर्दै आएका कर्मचारीहरु छन् । उनीहरुले एकमुष्ट रुपमा प्राविधिक सरह आफूहरुलाई पनि ज्यालादारीमा राख्नु पर्ने बताएका हुन् ।
पहाडी जिल्लाहरुमा मिटर रिडर ज्यालादारीमा छन् । तर, क्षेत्रीय कार्यालय, बिराटनगर र जनकपुर अन्तर्गत रहेका लगभग ५ सय को हराहरीका मजदुरले भने ज्यादारी रुपमा काम गर्न नपाएको ८ बर्षदेखि महोत्तरी को जलेश्वर बितरण केन्द्र अन्तरगत मिटर रिडरको काम गर्दै आएका सुनिल पासमान र उजवल झाले न्यूज ब्यूरोलाई बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…