
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
भद्रपुर, २५ मंसिर : नेकपा (एमाले) का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताउनुभएको छ । नेकपा (एमाले), नेकपा (माओवादी (केन्द्र) र राप्रपा जिल्ला कमिटी झापाद्वारा आ

२०७४ मंसिर २५ सोमबार, दिउँसो ३:३१ बजे१ मिनेट पढाइ
भद्रपुर, २५ मंसिर : नेकपा (एमाले) का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताउनुभएको छ ।
नेकपा (एमाले), नेकपा (माओवादी (केन्द्र) र राप्रपा जिल्ला कमिटी झापाद्वारा आज स्थानीय रंगशालामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष ओलीले लोकतान्त्रिक अभ्यासमा लोकतन्त्रप्रति सधँै प्रतिबद्ध रहने भन्दै नयाँ सरकारले जनताले खोजेको शान्ति सुरक्षा यथोचित ढंगले गर्ने बताउनुभयो ।
उहाँले निर्वाचनको सेरोफेरोमा म्यादी प्रहरीले बम आक्रमणबाट ज्यान गुमाएकाप्रति उच्च सम्मान गर्दै यो ऐतिहासिक निर्वाचनले जनताको काम गर्ने प्रतिनिधिलाई मात्र पत्याएकाले शासन सञ्चालनमा जनताको सहभागिता रहने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्कीले मुलुकमा प्रशस्त उद्योग सञ्चालन गरी वैदेशिक रोजगारमा जाने प्रवृत्तिलाई न्यूनीकरण गरिने बताउनुभयो ।
राप्रपा जिल्ला अध्यक्ष अमरबहादुर विष्टको अध्यक्षतामा भएको सो कार्यक्रमा झापा निर्वाचन क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार लिङ्देनले आफूले जनताप्रति सधैँ बफादार भएर काम गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…