मधेसमा ओरकेष्ट्रा र विकृति !
यसको जिम्मेवार को ? स्थानीय प्रशासन, जनप्रतीनीधि वा जनता स्वयँ ?

२०७५ भदौ २८ बिहीबार, बिहान १०:५३ बजे१ मिनेट पढाइ

तराई मधेसमा अहिले पर्वहरुको लहर सँगै ओरकेष्ट्रा र नाचगानको पनि उत्तिकै उत्साह र पर्याप्तता देखिएको छ । नेपाली क्यालेण्डर अनुसार साउन चढे लगत्तै विभिन्न पर्वहरुको शुभारम्भ हुन्छ ।
मधेसको विभिन्न जिल्लाहरुमा हिन्दु धर्मावलम्बीहरुको अनेकौ पर्व आउँछन । भाईबहिनीको पर्व रक्षा बन्धन, कृष्णाष्टमी, चौरचन, तीज जस्ता पर्वहरु वास्तवमा उल्लासको पर्व भनेर मनाईन्छ ।
तर, त्यही उल्लास र पर्वको आडमा तराई मधेस भनौ वा मिथिलाको सँस्कृति उपर धारिलो प्रहार पनि गरिएकै देखिन्छ । प्रदेश नं. २ को धनुषा, सिरहा लगायतका जिल्लाकै सन्दर्भमा भन्दा जे सुकै पर्वमा ओरकेष्ट्रा नभई नहुने जस्तो प्रवृति हावी भएको देखिएको छ ।
धनुषा, सिरहा लगायत आसपासका जिल्लाहरुमा समेत यस्ता प्रवृति जो की विकृतिको रुपमा लिइन्छ, दिनानुदिन हावि हुँदै गएको छ । केही महिनादेखि धनुषामा पूर्णत बन्द गरिएको डिजे र ओरकेष्ट्रा कार्यक्रम (महिला नर्तकी, आफ्नो विशुद्ध साँस्कृतिक कार्यक्रम बाहेक) जो की भारतबाट मगाउँछन् ।
भाईबहिनीको पवित्र पर्वको रुपमा मनाइने रक्षाबन्धनमा समेत ग्रामिण भेकमा ओरकेष्ट्रा नचाएर आफूलाई गाउँको मुखिया भनाउँदाहरु पौराणिक सँस्कृतिलाई चौपट्ट पार्ने तर्फ उक्लीएको देखियो ।
त्यसपछि कृष्णाष्टमी पर्व, तीजमा समेत विभिन्न ठाउँमा ओरकेष्ट्रता नचाइयो, जसको साथ साथै अश्लिल भोजपुरी गीत र अश्लिल नृत्य उपर वर्तमान समाजको अपच प्रक्रियालाई बारम्बार दोहरयाइयो । यसको जिम्मेवार को ? स्थानीय प्रशासन, जनप्रतीनीधि वा जनता स्वयँ ?
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…