प्रदेश २ लाई रोगमुक्त बनाउन धीरेन्द्र कुमारको सफाई अभियान
उनले अहिलेसम्म सिरहा, सप्तरी, महोत्तरी, धनुषा सहित त्यहाँका विभिन्न अस्पतालमा पनि सरसफाई गरिसकेका छन् ।

२०७५ भदौ २६ मंगलबार, दिउँसो ३:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ लाई रोगमुक्त बनाउनका लागि जनचेतना अभियान थालिएको छ । २ वर्ष पहिले सिरहाका सामाजिक अभियन्ता धीरेन्द्र कुमारले थालेका अभियान अहिले प्रदेश २ को विभिन्न जिल्लामा जारी छ ।
रोगबाट मुक्त हुनका लागि विषेश सरसफाई अभियान गर्दै आएका कुमारले पोखरी र नदि तालको धनि प्रदेश २ मा रोगबाट जोगिन जनचेतना कार्यक्रम बढाउँदै लगेका छन् ।
सबैभन्दा बढि प्रदेश नम्बर २ मा फोहोर र दूषित पानीका कारण मानिसहरु बिरामी हुने गरेको भन्दै उनले घरदेखि घर बाहिर, सडक, नाला र विशेषगरी पोखरी र नदि तालमा सफाई केन्द्रित गरेको बताए ।
प्रदेश २ का विभिन्न जिल्लामा लामखुट्टेका कारण विभिन्न रोग लाग्ने, कुनैपनि धार्मिक कार्य हुँदा पोखरी र नदी तालको पानीको प्रयोग गरिने हुँदा त्यसले मानिसलाई रोगको संक्रमणको खतरा उच्च रहेको छ । आफ्नो अभियान मूलतः त्यसैमा केन्द्रित रहेको धीरेन्द्रले दावी गरे ।
उनले भने, ‘प्रदेश २ लाई नै खुल्ला दिशा मुक्त बनाउने परिकल्पना साकार पार्ने उदेश्यले अभियान थालेका छौं । आशा छ सबैको साथ र सहयोगले सफल हुनेछौं ।’ उनले अहिलेसम्म सिरहा, सप्तरी, महोत्तरी, धनुषा सहित त्यहाँका विभिन्न अस्पतालमा पनि सरसफाई गरिसकेका छन् ।
प्रदेश २ मात्र नभई अन्य जिल्लामा पनि स्वास्थ्यलाई लक्षित गरी अभियान थालिएको कुमारको भनाइ छ । मानिस स्वस्थ भएपछि मात्रै समाज र देश विकास हुने हुँदा स्वास्थ्यका लागि नै सरसफाई थालेको बताउने उनले शनिवार भरतपुर क्यान्सर अस्पतालमा अभियानको आयोजना गरिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…