माओवादी केन्द्रका अध्यक्ष दाहाल विजयी
चितवन, २५ मंसिर : चितवन क्षेत्र नं–३ प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । अध्यक्ष दाहालले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले पराजित गर्नुभएको हो । दा

२०७४ मंसिर २५ सोमबार, दिउँसो ३:१४ बजे१ मिनेट पढाइ

चितवन, २५ मंसिर : चितवन क्षेत्र नं–३ प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ ।
अध्यक्ष दाहालले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले पराजित गर्नुभएको हो ।
दाहालले ४८ हजार २७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो । चितवन क्षेत्र नं ३ मा ९३ हजार ८१३ मत खसेको थियो भने तीन हजार ५२० मत बदर भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…