खुसीको खवर : जयनगर-जनकपुर रेल्वे २० दिनमै जनकपुरधाम आईपुग्ने !!!
दोश्रो चरणमा ९ किलोमिटर बोगीसहितको रेल धनुषाको खजुरीदेखि दुहवीसम्म परीक्षण गरिएको छ ।

२०७५ भदौ २६ मंगलबार, दिउँसो १२:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बहुप्रतिक्षित एवम् नेपालको एक मात्र रेल्वे 'जयनगर- जनकपुरधाम-बर्दिवास' ब्रोडगेज रेल २० दिनभित्र जनकपुर आइपुग्ने भएको छ ।
पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर सञ्चालन हुने रेलको लिक परीक्षणको आधा काम सकिएको छ भने निर्माणाधीन रेल्वे लिगमा भारतीय इन्जिनसहितको रेल बोगी साढे १७ किलोमिटर गुडाएर परीक्षण गरिसकेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले बताएको उज्यालो अनलाइनमा सँचारकर्मी शैलेन्द्र महतोले समाचार लेखेका छन् ।
रेल निर्माणको ठेक्का पाएको भारतीय इकन इन्टरनेसनल कम्पनीले आउँदो पुस महिनादेखि जनकपुर जयनगर रेलसेवा सञ्चालन गर्ने गरी लिक परीक्षणको साथै अरु बाँकी अन्तिम चरणका कामहरु धमाधम गरिरहेको जनाएको छ ।
लिग परीक्षण अन्तर्गत पहिलो चरणमा गएको साउन २३ सम्म भारतको जयनगरदेखि धनुषाको खजुरीसम्म साढे ८ किलोमिटर भारतीय इन्जिनसहितको ५३ वटा रेल बोगी गुडाएर सफल परीक्षण गरिएको थियो ।
त्यस्तै दोश्रो चरणमा ९ किलोमिटर बोगीसहितको रेल धनुषाको खजुरीदेखि दुहवीसम्म परीक्षण गरिएको छ । परीक्षण गर्ने रेल शनिबार धनुषाको दुहवी आईपुगेको ईञ्जिनियर ओझाले जानकारी दिनुभयो । पहिलो चरणमा हुने जयनगरदेखि जनकपुरको कुर्थासम्मको रेल सञ्चालनको ३५ किलोमिटरमध्ये आधा अर्थात साढे १७ किलोमिटर लिकको सफल परीक्षण सकिएको छ ।
अव मात्र आधा अर्थात साढे १७ किलोमिटर लिक परीक्षण गर्न बाँकी छ ।
परीक्षण गर्ने रेलको बोगीमा रेल्वे ट्रयाकमा हाल्ने कालो गिट्टी जयनगरबाट ल्याउने काम पनि भइरहेको छ । रेल्वेबाट सबै बोगीमा ५, ६ पटक ट्रयाकमा हाल्ने कालोगिट्टी ल्याई बिछ्याउने काम पनि भैरहेको ओझाले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेकै गतिमा काम भयो भने २० दिन भित्र परीक्षण गर्ने ५६ वटा बोगी सहितको रेल जनकपुरको कुर्था आइपुग्ने निश्चित छ ।’
विगत ५ वर्षदेखि बन्द रहेको जनकपुर–जयनगर रेलसेवा पुसदेखि सञ्चालनमा ल्याउने तयारी छ । जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरको लिकमा रेल सञ्चालन हुनेछ । जनकपुर जयनगर रेल्वे सञ्चालनको लागि लिगमा वेल्डिङ गर्ने काम पनि अन्तिम चारणमा पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…