सिरहामा प्रहरीको नाकै अगाडि तीन घरमा लाखौंको चोरी
२–२ वटा सुरक्षा निकाय नाकै अगाडि रहेपनि चोरी भएपछि जनता पूर्णरुपले असुरक्षित रहेको प्रष्टिएको स्थानीयहरुले आरोप लगाएका छन् ।

२०७५ भदौ २६ मंगलबार, बिहान ११:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा गएराति लाखौंको धनमाल चोरी भएको छ । सोमबार राति करिब १२ बजेको समयमा लुटेराहरुको एक समूहद्धारा सिरहा नगरपालिका–१७ खैरटोकास्थित ३ घरमा लाखौंको धनमाल चोरिएको हो ।
सिरहा नपा–१७ खैरटोका निबासी स्थानीय राम प्रमोद यादव, प्रदीप यादव र शत्रुधन यादवको घरमा चोरी भएको छ ।

राम प्रमोद र प्रदीपको घरबाट ५० हजार नगद, ८ तोला सुन र गरगहना चोरी भएको छ । राम प्रमोद र प्रदीप दाजुभाई हुन् । गर्मीका कारण राति उनीहरु छतमा सुतिरहेका बेलामा उनीहरुको पक्की घरमा रहेको बाकसको ताल्चा फुटाई लत्ताकपडा, ब्रासलेट, हसुली, सुन र नगद चोरी भएको हो भने शत्रुधनको कच्ची घरमा सुरुङ खनी घरमा रहेको बाकसबाट ५ हजार नगद र ८ तोला चाँदी चोरी भएको पीडितहरुले बताए ।


चोरी भएको ठाउँदेखि मात्र ३ सय मिटरको दुरीमा सशस्त्र प्रहरी वेश क्याम्प र करिब एक–डेढ किलोमिटरको दुरीमा ईलाका प्रहरी कार्यालय माडर रहेको छ । २–२ वटा सुरक्षा निकाय नाकै अगाडि रहेपनि चोरी भएपछि जनता पूर्णरुपले असुरक्षित रहेको प्रष्टिएको स्थानीयहरुले आरोप लगाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…