व्रिटिस काउन्सिल ईन्टरनेशनल स्कूल अवार्डमा जनकपुरको 'मोनाष्टिक स्कूल'
नेपालको प्रदेश नं. २ बाट मात्र मोनाष्टिकले सहभागीता जनाउँदै आएको छ ।

२०७५ भदौ २६ मंगलबार, बिहान ९:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय नेपालको प्रदेश नं. २ कै चर्चित जनकपुरधामको मोनाष्टिक स्कूल व्रिटिस काउन्सिल ईन्टरनेशन स्कूल अवार्डमा सिँगो सहभागीता जनाउँदै ख्याती कमाएका छन् ।
व्रिटीस एम्बेसीद्धारा प्रत्येक वर्ष एक पटक आयोजना गर्दै आएको व्रिटिस काउन्सिल ईन्टरनेशनल स्कूल अवार्ड २०१८ मा जनकपुरधामबाट मोनाष्टिक स्कूलले सहभागीता जनाएका हुन् । दिल्लीको नोयडा स्थित जागरण पब्लिक स्कूल दिल्लीसँगको सहकार्य तथा सँयुक्त सहभागीतामा मोनाष्टिकबाट कक्षा १ र कक्षा २ का छात्रछात्राहरुलाई भाषिक, साँस्कृतिक भेषभुषामा सजाइएको थियो ।

अँग्रेजी वर्षको सुरुदेखि नै सुरु हुने यो अवार्ड शोमा मोनाष्टिकले यसअघि स्क्राप बुक, म्याग्जीन सपिँग, क्वीज कम्प्टीशन, क्रिएटिभ राइटिँग, क्लीयरेन्स सेल र फैशन शोमा सहभागीता जनाई सकेका छन् ।
सोमबार स्काईप कन्फ्रेन्सबाट स्कूलबाटै गरिएको फेशन शो कार्यक्रममा मोनाष्टिकका छात्रछात्राहरुले भारतीय सँस्कृति र भेषभूषामा सजिएको थियो भने पार्टनशिप गरिएको दिल्ली स्थितको जागरण पब्लिक स्कूलका छात्रछात्राहरुले नेपाली भेषभूषामा सजिएर नेपाली सस्ँकृति प्रदर्शन गरेका थिए ।
एक वर्ष सम्म चल्ने यो प्रतियोगिता आयोजकले विभिन्न समयमा इभेन्ट आयोजना गर्दै आएको छ भने नेपालको प्रदेश नं. २ बाट मात्र मोनाष्टिकले सहभागीता जनाउँदै आएको छ । सोमबार भएको उक्त फेशन शोको क्रममा मोनाष्टिकबाट कक्षा १ र २ बाट २५ जना छात्रछात्राहरुले सहभागीता जनाएको मोनाष्टिकका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले जानकारी दिए ।

व्रिटिस एम्बेसीद्धारा प्रत्येक वर्ष आयोजना हुने ईन्टरनेशनल स्कूल अवार्डमा तराई मधेसबाट मोनाष्टिकले मात्र सहभागीता जनाउँदै आएको छ । भने छनौटमा पनि मात्र मोनाष्टिक पर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…