मधेस आन्दोलन, जनकपुरको कालो दिन ! 'दिलीप, निकु र सँजय' को बलिदानी !!
न्यूज ब्यूरो, जनकपुरधाम । तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाममा आजैका दिन जनकपुरधाममा तीन जनाले सहादत दिए । गत वि.स. २०७२ साल भदौ २५ गतेका दिन तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाम उपहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट दिलीप यादव, निकु यादव र सँजय चौधरीलाई शसस्त्र प्रहरीले टाउकोमै गोली हानी हत्

२०७५ भदौ २५ सोमबार, दिउँसो १२:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाममा आजैका दिन जनकपुरधाममा तीन जनाले सहादत दिए ।
गत वि.स. २०७२ साल भदौ २५ गतेका दिन तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाम उपहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट दिलीप यादव, निकु यादव र सँजय चौधरीलाई शसस्त्र प्रहरीले टाउकोमै गोली हानी हत्या गरेको थियो ।
स्थानीय प्रशासनले लगाएको कर्फयू आदेशलाई पनि अवज्ञा गर्दै "चलु जनकपुर भरु जनकपुर" कार्यक्रमको दौरान आजैका दिन गाउँ गाउँबाट आएका मासले सुरक्षा घेरा तोडेपछि वितण्डा मच्चाइएको थियो ।
आन्दोलन र प्रदर्शनको क्रममा धनुषा जमुनियाका १३ वर्षिय निकु यादव, सिनुरजोडाका १७ वर्षिय दिलीप यादव र महेन्द्रनगरका सदभावना पार्टीका जिल्ला सदस्य २८ वर्षिय सँजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर टाउकोमा गोली हानेका थिए ।
तत्कालिन सँयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आव्हान गरेको "चलु जनकपुर भरु जनकपुर" कार्यक्रममा सहभागी हुन जनकपुर आईपुगेका तीनै जनाले मधेस आन्दोलनको नाममा ज्यानको आहुति दिएका थिए ।
त्यसबेला, संघीय सरकारका वर्तमान स्वास्थ्यमन्त्री एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सहित वर्तमान राजपा एवम् तत्कालिन तमलोपाका अध्यक्ष महन्थ ठाकुर , सद्भावनाका राजेन्द्र महतोको गठबन्धनको रुपमा रहेको सँयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको थियो ।
झण्डै ६ महिना चलेको मधेस आन्दोलनको क्रममा कैयौँले छोरा र भाई गुमाए भने कैयौँ मधेसी महिलाले सिन्दूर निभाएइन । त्यस बेला मोर्चाका नेता समेत रहेका राजेन्द्र महतोले मधेस आन्दोलनको क्रममा बलिदानी दिनेलाई ५० लाख रुपैैयाँ टाउकोको मूल्य तोकेका थिए ।
उनीहरु मधेस आन्दोलनमा नेताहरुकै उक्साहटमा ज्यानको आहुति दिएपनि नेताहरुले सत्तालिप्त भएर उनीहरुको परिवारलाई बर्षमा २ पटक पनि हेर्न गएको छैन । उनीहरुको विच्चली भएको छ । आन्दोलनको सेन्टिमेन्टमा अहिले उपेन्द्र यादव संघीय सरकारको स्वास्थ्य मन्त्री बनेका छन् भने बाँकी राजपाका नेताहरु समेत संघीय साँसद बनेका छन् । कैयौँ अगुवाहरु प्रदेश सरकारका मन्त्री भएका छन् भने कैयौँले प्रदेश सरकारकै जागिरमा लागेका छन् ।
केही शहिद परिवारलाई प्रदेश सरकारले जागिर दिएपनि बाँकीका शहिद परिवारको हालात भने त्यस्तै देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…