जनकपुरधामका मेयर 'लालकिशोर साह' विहानै जनताको घेराबन्दीमा परेपछि...
मेयर साहले सो क्षेत्रको अवरोध छिट्टै अन्त हुने वताउँदै सडक समयमै निर्माण हुने विश्वास दिलाएपछि स्थानीयबासीहरु शान्त भएका थिए ।

२०७५ भदौ २५ सोमबार, बिहान ११:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहलाई सोमबार विहान जनताले घेरा हालेका छन् ।
विहान पिराडी चोकवाट आइयुडिपीवाट सञ्चालित विकास निर्माणको कार्यलाई अनुगमन थालेका मेयर साहलाई चोकमै जनताले घेरा हालेका छन् । जनताले विकास निर्माणको कार्यमा बाधक बनेकाहरुको घरमा जेसीवि किन नलगाइएको र विकासका काम कुन र के कारणले अवरोध भएका छन् भनि प्रश्न गर्दै मेयर साह संग जवाफ माग गरेका थिए ।
मेयर साहले सो क्षेत्रको अवरोध छिट्टै अन्त हुने वताउँदै सडक समयमै निर्माण हुने विश्वास दिलाएपछि स्थानीयबासीहरु शान्त भएका थिए । आइयुडिपिवाट सञ्चालित विकास निर्माणका कार्य पिराडी चोकवाटै शुरु भएपनि परियोजनाको अन्तहुन लाग्दा पनि यो सडक नवनेको प्रति आम जनताले दुःख व्यक्त गरेका थिए ।
पिराडी चोकमा रहेको वडा नं। ९ का वडाध्यक्ष परमेश्वर साह र उनका दाजुले घर नभत्काएपछि त्यहाँ सडक निर्माण देखि लिएर फुटपाट समेत अहिले सम्म बन्न सकेका छैनन् । पटक–पटक उप–महानगरपालिकावाट कर्मचारीले नापी गरेपनि त्यो नापी वडाध्यक्ष साहले नमानेको र कर्मचारीहरु संग पनि दुव्र्यवहार गरेका थिए । त्यसको विरोधमा समेत उप–महानगरपालिकाका कर्मचारीहरु उत्रेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…