प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाइ भोली हुँदै
एक जनाले उजुरी फिर्ता लिएका थिए भने तीन जनासँग समितिले आवश्यक सोधपुछ गरी प्रष्ट हुने प्रयास गरेको थियो ।

२०७५ भदौ २४ आइतबार, दिउँसो ४:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भोली सोमबार हुने भएको छ ।
सङ्घीय सँसद तहतको संसदीय सुनुवाइ समितिमा मिश्र विरुद्ध परेका उजुरी र भावी कार्ययोजना बारेमा सुनवाइ हुन लागेको हो । समितिको आईतबार बसेको बैठकबाट मिश्र विरुद्ध परेका सिकायत बारेमा उजुरीकर्तासँग सोधपुछ गरेपछि प्रस्तावित प्रधान्यायाधीशलाई सोमबार बिहान सुनुवाइका लागि बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जनाए ।
प्रस्तावित प्रधानन्यायाधीशका विषयमा चार उजुरी परेकोमा एक जनाले उजुरी फिर्ता लिएका थिए भने तीन जनासँग समितिले आवश्यक सोधपुछ गरी प्रष्ट हुने प्रयास गरेको थियो । यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिश गरेकोमा समितिले उहाँको नाम अस्वीकार गरेको थियो ।
जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा रहनुभएका मिश्रको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…