जनकपुरका विद्यालय र क्याम्पसहरु विद्यार्थीहरुलाई प्रमाणपत्रमै सिमित राख्दै !
सबैलाई इन्जिनियर बन्ने इच्छा हुँदैन, सबैलाई सरकारी जागीरे बन्न मन पर्दैन, सबैलाई धेरै पढ्ने इच्छा हुँदैन ।

२०७५ भदौ २४ आइतबार, बिहान ८:१८ बजे३ मिनेट पढाइ

करिब एक हप्ता देखि जनकपुरमा भएका सबै विद्यालय र क्याम्पसहरु बारे बुझ्न् प्रयास गर्दैथे र एक हप्ता पश्चात् मैले धेरै कुराहरू थाहा पाउन सफल भए । जनकपुरमा भएका प्रत्येक विद्यालयको प्राध्यापक ज्युहरुलाई वास्तवमा शिक्षाको सहि अर्थ नै थाहा रहेनछ र यदि उहाँहरुलाई थाहा छ भने जानीजानी मुर्खता किन गरिराख्नुभाछ ? किन हजारौं विद्यार्थीहरुको जिन्दगीसँग खेलवाड गर्दै हुनुहुन्छ ? यो अधिकार उहाँहरुलाई कसले दियो ?
शिक्षा भनेको केवल सैद्धान्तिक ज्ञान मात्र होईन ! शिक्षा त जहाँबाट पनि हासिल गर्न सकिन्छ । यो कुरा त सबै प्राध्यापक ज्युहरुलाई राम्री थाहा भएकै हो क्यारे ? यति बुझ्दाबुझ्दै पनि विद्यार्थीहारुलाई किन यति दबाब ? किन यति मानसिक तनाव ? किन यति धेरै जिम्मेवारी ? किन यति भय, त्रास दिनु भइरहेको छ ? 
जबकि हामी सबैलाई थाहा भएकै कुरा हो, सबै विद्यार्थीहरुलाई एउटै कुरामा रुचि हुँदैन, हामी सबैले बुझेका हौँ सबैलाई डाक्टर बन्ने इच्छा हुँदैन, सबैलाई इन्जिनियर बन्ने इच्छा हुँदैन, सबैलाई सरकारी जागीरे बन्न मन पर्दैन, सबैलाई धेरै पढ्ने इच्छा हुँदैन ।
प्रत्येक विद्यार्थीमा केही न केही प्रतिभा लुकेको हुन्छ, कसैलाई खेलाडी बन्ने इच्छा हुन्छ भने कसैलाई गायक, कसैलाई डान्सर बन्ने इच्छा हुन्छ भने कसैलाई फोटोग्राफर, कसैलाई राजनीतिकर्मी बन्ने इच्छा हुन्छ भने कसैलाई समाजसेवी, कसैलाई लेखक बन्ने इच्छा हुन्छ भने कसैलाई कलाकार, यस्ता थुप्रै इच्छा, सपनाहरू प्रत्येक विद्यार्थीहरुको हुनेगर्छ । तर हाम्रो विद्यालयहरुले यस्तायस्ता सपना देखेका विद्यार्थीहरुको जिन्दगीसँग खेलिरहेका छ्न ।
जसलाई हामी यहाँ बोर्डिङ र अङ्ग्रेजी स्कुल भन्ने गर्छौ नि ! हो साच्चिकै त्यो बोर्डिङ स्कुलमा जानुभयो भने तपाईंलाई सरकारी र बोर्डिङमा थोरै पनि फरक भेटिदैन । बोर्डिङ स्कुल भनेको त सबैथोक हुनुपर्छ विद्यार्थीहरुलाई राम्रो वातावरण प्रदान गर्नुपर्छ । राम्रो अनुशासना सिकाइन्छ तर यहाँ अनुशासनको नाममा कुटपिट गरिन्छ ; कुटपिट गरेर विद्यार्थीलाई अनुशासन कहाँ सिकाइन्छ भन्नुस् त महोदय ? र मुख्य कुरा त भाषा हो जहाँ नेपाली भाषा शुद्ध बोल्न आउदैन विद्यार्थीहरुलाई त्यहाँ अङ्ग्रेजीको के कुरा गर्नु ? कक्षा १० पढेर जब यहाँ विद्यार्थी स्कुलबाट बाहिरन्छ नि !
अनि त्यो विद्यार्थीमा कहि गएर दुई शब्द बोल्ने साहस हुँदैन, क्षमता हुँदैन, हिम्मत हुँदैन र यता विद्यालयहरु ठुल्ठुला ब्यानरमा विद्यार्थीहरुको फोटो राखि झुन्डयाएर मेरो विद्यालय त सबैभन्दा उत्कृष्ट भनेर फुर्ती लगाउने गर्छन ।
हालाकी जनकपुरमा केही यस्तो पनि नीजी विद्यालयहरु छन् जो की पूर्ण अनुशासित र अध्ययनको शिलाशैलीमा अध्ययन अध्ययापन गराउँदै आएको छ र त्यो गौरवको रुपमा रहेको छ भनेर टार्न सक्दैन ।
म केवल एउटा कुरा मात्र प्रष्ट पार्न खोज्दैछु कि जनकपुरमा भएका जति विद्यालय र क्याम्पसहरु छ्न ती सबैमा विद्यार्थीहरुको इच्छाको कदर गरियोस् सम्मान गरियोस् र बेलाबेलामा कार्यक्रम संचालन गरि विद्यार्थीहरुमा भएका प्रतिभाहरु पत्ता लगाई उनीहरुलाई त्यस क्षेत्रतर्फ अगाडि बढ्न प्रेरित गरियोस् ।
अब मलाई एउटा कुरा भन्नुहोस् के भारत का सचिन तेन्दुलकरलाई जबर्जस्ती पढाएको भए आज सचिन भनेर कसैले चिनथ्यो ? यस्ता थुप्रै उदाहरणहरु छ्न । म पढाईको अथवा सैद्धान्तिक शिक्षाको कुनै महत्व छैन भन्न खोजेको होइन, विद्यालय नगए पनि हुन्छ भन्न खोजेको होइन, शिक्षा अत्यावश्यक कुरा हो, हाम्रो जीवनकोलागि अपरिहार्य छ तर जुन विद्यालयमा विद्यार्थीको इच्छाको कदर हुँदैन, जुन विद्यालय केवल सैद्धान्तिक शिक्षामा मात्र सिमित छ, नि: स्नदेह त्यस विद्यालयका विद्यार्थीहरु प्रमाणपत्रमा मात्र सिमित रहनेछ र त्यस्ता विद्यालयको यहाँ कुनै औचित्य छैन भनेर बुझ्ने गर्द्छु ।
अनि अब भन्नुस कुनै पनि विद्यार्थीको इच्छा विपरीत उसलाई जबर्जस्ती, डर र त्रास देखाई पढ्नै पर्छ भन्ने अधिकार कसले दियो यी विद्यालय र क्याम्पसहरुलाई ?
अन्त्यमा सबै प्राध्यापक ज्युहरुलाई के भन्न चाह्न्छु भने यदि तपाईंहरु आफ्नो विद्यालय र क्याम्पसमा शिक्षा दिने प्रवृतिमा बदलाब अर्थात परिवर्तन ल्याउनु भएन भने हामीसबै विद्यार्थीहरु एकजुट भइ तपाईंको विद्यालय र क्याम्पसमा ताल्चा लगाउन बेर गर्दिन । धन्यवाद !
आदित्य नेपाल
युवा अभियन्ता
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…