हराएको पाचौं दिनसम्म पनि भेटेन छोरा, आमाको विजोग
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन मालपोत इकाइका पुर्व अध्यक्ष रामवावु यादवका जेठा छोरा करिव १६ वर्षिय रितिक जलेश्वर स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय(ल.च.मु.)मा कक्षा १० मा अध्ययनरत छन ।

२०७५ भदौ २३ शनिबार, दिउँसो १:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । गत मंगलवार सम्पर्क विहिन भएको जेठो छोरा रितिक अझै फेला नपरेपछि आमाको विजोग छ । उनले विगत पाच दिन देखि अन्न खाएकि छैनन ।
जलेश्वर नगरपालिका वडा नं. २ बुद्धिजिवी चोकबाटै हराएका रितिक यादवको खोजतलासमा प्रहरी तथा आफन्त तथा युवकका वुवा समेत भौतारिरहेपनि अझै छोरा वारे कुनै जानकारी प्राप्त नभएपछि आमा हतासिएकि हुन ।
दुई छोरा मध्ये जेठो छोराको चोकमा झगडा परेको तर सो पछि छोरा नफर्केपछि युवकका पिता छोलालाई खोज्न नेपाल तथा भारतका विभिन्न स्थानमा भौतारिरहेका छन । छोरा हराए देखि नै उनका सवै आफन्त तथा प्रहरी समेत रितिकको खोजविनमा सकृय रहेपनि उनी सम्पर्कमा आएका छैनन ।
मंगलवार करिव ३ बजे अपरान्ह नै जलेश्वर २ स्थित बुद्धिजिवी चौकमा स्थानिय केहि युवाहरुले कुटपिट गरेको र सोहि लगतै उनी परिवारसंग सम्पर्क विहिन रहेको प्रहरीको भनाई छ । चौकमै कुटाई खाएपछि उनी न त विद्यालय पुगे न घर नै ।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन मालपोत इकाइका पुर्व अध्यक्ष रामवावु यादवका जेठा छोरा करिव १६ वर्षिय रितिक जलेश्वर स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय(ल.च.मु.)मा कक्षा १० मा अध्ययनरत छन । उनी एनसिसिको क्याडेट समेत रहिसकेका छन ।
सम्सी गाउपालिका वडा नं. ५ संग्रामपुर र जलेश्वर नगरपालिका वडा नं. ३ खैरामा समेत घर रहेका रितिकको खोजीमा प्रहरी र परिवार समेत लागेपनि उनको वारे पत्ता लाग्न सकेको छैन । यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्र वहादुर खड्काले युवकको खोजी द्रुतगतिमा भैरहेको र चाडै उनी सम्पर्कमा आउने बताए । प्रहरीले झगडा परेका युवाहरुलाई सोधपुछ गरेपनि युवकको वारे कुनै तथ्य फेला पर्न सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…