महोत्तरीमा अहिले पनि बोरा ओछयाएर पढदै बालबालिकाहरु
२ सय ३५ जना विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयका ३ दरवन्दी, ३ राहत, २ वालविकास र १ जना विद्यालय सहयोगी कार्यरत |

२०७५ भदौ २३ शनिबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी, गौशाला नगरपालिका ९ मा अवस्थित जनता अधारभुत विद्यालय भरतपुरमा अध्ययनरत विद्यार्थीहरु वोरा ओछयाएर पढदै आएका छन ।
सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरु भुईमै वोरा ओछयाएर पढनुपर्ने बाध्यता रहेको छ । विद्यालयको वालविकास कक्षाकोठाको भुईमा कार्पेट ओछयाएको छ भने कक्षा १, २ र ३ मा अध्ययनरत १ सय ३४ जना विद्यार्थीहरु घरबाटै बोरा ल्याएर पढदै आएको पाईएको छ ।
विद्यालयको परिसर नै असुरक्षित भएपछि स्थानियहरुले विद्यालयको कक्षाकोठमा लगाईएको झयाल, ढोका लगायतका भौतिक सरसमाग्रीहरु तोडफोड गरेपछि खुल्ला रहेको कक्षाकोठमा डेस्कबेन्च असुरक्षित भएको भन्दै कक्षाकोठमा वेन्चडेस्क नराखेको विद्यालय स्रोतले जनाएको छ ।
विद्यालयको परिसरमा पर्खाल नहुँदा अझ केटाकेटी विद्यालयबाहेकको समयमा आएर दिसापिसाव तथा फोहोर गर्दै आएको छ जसले गर्दा विद्यालयको भौतिक समाग्री अझ असुरक्षित रहेको विद्यालयका शिक्षक रामदेव यादवले बताउनुभयो ।
यता विद्यालयको स्टोरमा १२ सेट बेन्च डेस्क रहेतापनि असुरक्षितकै कारण कक्षाकोठमा राख्न नपाएका अर्का शिक्षक निरज समालले जनाउनुभयो । २ सय ३५ जना विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयका ३ दरवन्दी, ३ राहत, २ वालविकास र १ जना विद्यालय सहयोगी कार्यरत रहेका छन ।
स्मरण रहोस सो विद्यालयका प्रधानाध्यापक नकुल उप्रेती बर्तमान शिक्षक महासंघ गौशाला नगरपालिकाका अध्यक्ष हुनुहुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…