शहिद सूर्यनाथ रान स्मृति अस्पतालको उद्घाटन असोज ४ मा हुने
उक्त अस्पतालको निर्माण र सँचालनपछि पूर्वी धनुषाको सर्वसाधारणको लागि सँजीवनी साबित हुने विश्वास लिइएको छ ।

२०७५ भदौ २२ शुक्रबार, बिहान ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरियामा नव निर्मित शहिद सुर्यनाथ रान स्मृति अस्पताल अन्तत सँचालनमा आउने भएको छ ।
कैयौँ बर्षदेखि निर्माणधीन र जीर्ण अवस्थामै रहेका उक्त अस्पतालको लागि विहिबार बसेको मन्त्रीपरिषद बैठकले डुमरियामा निर्मित अस्पताल भवनमा प्राथमिक तहको १५ शैयाको अस्पताल स्थापना गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।
सो अस्पतालको नाम शहीद सुर्यनाथ रान यादव स्मृति अस्पताल राखिनेछ । नेकपाका केन्द्रिय सदस्य जोग नारायण बरबरिया (श्रवण बरबरिया) को विशेष पहलमा उक्त अस्पताल निर्माण लगायत नामाकरण परिवर्तन भएको हो, साथै आउदो असोज ४ गते सुर्यनाथ रान स्मृति अस्पतालको उदघाटन हुने तय भएको धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले जानकारी दिए ।
उक्त अस्पतालको निर्माण र सँचालनपछि पूर्वी धनुषाको सर्वसाधारणको लागि सँजीवनी साबित हुने विश्वास लिइएको छ । १५ सैयाको अस्पताल सँचालन भएपछि त्यस भेकका जनताहरुले प्रत्यक्ष लाभान्वित हुने देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…