सुशासन र जवाफदेहिता सम्बन्धी अन्तरक्रिया सम्पन्न
न्यूज ब्यूरो, धनुषा । समग्र बिकास सेवा केन्द्रद्धारा सुशासन तथा जवाफदेहिता सम्बन्धि बिषयको एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ देखि ४ वडामा सुशासन तथा जवाफदेहिता सम्बन्धि बिषयमा अन्तक्रिया कार्यक्रम गरिएको हो ।जनप्रतिनिधि र समग्र बिकास सेवा केन्द्र द्वा

२०७५ भदौ २१ बिहीबार, राति १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । समग्र बिकास सेवा केन्द्रद्धारा सुशासन तथा जवाफदेहिता सम्बन्धि बिषयको एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ देखि ४ वडामा सुशासन तथा जवाफदेहिता सम्बन्धि बिषयमा अन्तक्रिया कार्यक्रम गरिएको हो ।जनप्रतिनिधि र समग्र बिकास सेवा केन्द्र द्वारा अन्त्रकृया कार्यक्रम मा आफनो वडा को बिकास गतिविधि बारे छ्लफल गरेका थिए ।
स्थानीय शिवो देवी मण्डलको अध्यक्षता एवम् नगरकी उपमेयर विद्या देवी भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा स्थानीय तवरमा समाजिक रुपले सार्वजनिक सुशासन कायम र समाजिक जवाफदेहिता उपर प्रकाश पारिएको थियो
।
कार्यक्रममा बिशेष अतिथीको रुपमा वडा नं. १ का वडाध्यक्ष बिश्वनाथ देव, वडा नं. २ का प्रभु नारायण साह, वडा ३ का राज किशोर साह, वडा नं. ४ का परिक्षण यादव लागयत वन प्रतनिधी स्वास्थ्य संयोजक शैलेन्द्र यादव, बुद्धिजिवि सहित स्थानीय समाजसेवीको समेत उपस्थित रहेको थियो ।
कार्यक्रममा समग्र बिकास केन्द्र सेवा केन्द्र धनुषा सँयोजक सन्तोष कुमार सिंह र लहान क्षेत्रिय प्रगती इन्चार्ज राम उदगार महतो समेतको विशेष उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…