'प्रदेश सरकारले दिने सार्वजनिक विदा अवज्ञा गर्ने संघीय निकायलाई पनि कारवाही हुनुपर्छ' : अरगरिया
सार्वजनिक विदालाई समेत अटेरी गरेको भन्दै कर्मचारीतन्त्र हावी गर्न खोजेको आरोप लगाए ।

२०७५ भदौ २१ बिहीबार, बेलुकी ७:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । धनुषाबाट प्रतीनिधी सभा सदस्य एवम् संघीय समाजवादी फोरम नेपालका नेता उमा शंकर अरगरियाले प्रदेश सरकारको विदा अवज्ञा गर्ने संघीय मातहतका निकायलाई कारवाही हुनुपर्ने माग सँसदमै गरेका छन् ।
विहिबार प्रतीनीधि सभा बैठकबाट बोल्दै नेता अरगरियाले संघीयतालाई फेल गर्न षडयन्त्र रचिरहेको भन्दै प्रदेश सरकारले जारी गर्ने सार्वजनिक विदा नमान्ने सिडीओ वा अन्य कार्यालयलाई संघीय तहबाटै कारवाहीको माग गरेका छन् ।
संविधानमा प्रदेश सरकारको हक, अधिकार र काम कर्तव्य बारे प्रष्टाइएको छ । राजपत्रमै पनि प्रदेश सरकारले प्रदेशमा विदा घोषणा गर्न सक्ने छ भनेर कानुन भएपछि संघीय मातहतका कार्यालयहरुले अवज्ञा गर्दै आएको छ, यस्तो कार्यालयलाई कारवाही हुनुपर्ने की नाई ? उनले आक्रोस सहित प्रश्न गरे ।
प्रदेश नं. २ को सन्दर्भमा कुरा उठाउँदै उनले प्रदेश २ को लागि संघीय सरकारले कटौती गरेको मुस्लिम धर्मावलम्बीहरुको पर्व बकरईद, हिन्दुधर्मावलम्बीहरुको रक्षाबन्धन, कृष्णाष्टमीमा विदा दिएपनि संघीयता विरोधी कार्यालय प्रमुखहरुले प्रदेश सरकारले दिएको सार्वजनिक विदालाई समेत अटेरी गरेको भन्दै कर्मचारीतन्त्र हावी गर्न खोजेको आरोप लगाए ।
कृषीको प्रसँगमा बोल्दै संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक समेत रहेका नेता अरगरियाले किसानहरुको लागि अहिलेको समयमा मल खाद्य सहज रुपमा उपलब्ध गराउनुपर्ने माग समेत गरेका छन् ।
८८ प्रतिशत बढी जनता कृषीमा निर्भर रहेको र नेपाल कृषि प्रधान देश भनेर चिनिएपनि हालसम्म कृषीको मौसममा समयमा किसानले मल खाद्य सहज रुपले नपाउनु दुःखद भएको बताए ।
उनले तत्कालै संघीय सरकारले मलखाद्यको लागि व्यवस्था तीव्र पार्न अनुरोध गरे । खेतमा मलको अभावमा धानबाली नष्ट हुने अवस्थामा गइरहेको भन्दै अति शिघ्र मलखाद्यको व्यवस्थाको माग गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…