सिरहामा एक युवकद्धारा रुखमा झुण्डिएर आत्महत्या
मृतकको शव पोस्टमार्टमका लागि लहान अस्पताल लगिएको छ ।

२०७५ भदौ २१ बिहीबार, दिउँसो १२:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एकजना युवकले झुण्डिएर आत्महत्या गरेको छ । सिरहाको गोलबजार नगरपालिका–७ निबासी लटु महतोको २६ वर्षीय छोरा श्रवण कुमार महतोले विहीबार रुखमा झुण्डिएर आत्महत्या गरेको हो ।
विहीबार साढे ५ बजेको समयमा स्थानीय अरुण कुमार महतोको आँपको बगैँचामा गई रुखमा पासो लगाई आत्महत्या गरेको जिप्रका सिरहाले जनाएको छ ।
घरायसी विवादका कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । मृतकको शव पोस्टमार्टमका लागि लहान अस्पताल लगिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…