महोत्तरीका राहत शिक्षकहरुले प्रदेश सरकारसँग ३ बुँदे माग राख्ने
अगामी भदौ २३ गते प्रदेश नं. २ का राहत शिक्षकहरुले मुख्यमन्त्रीलाई बुझाईने ज्ञापनपत्रमा यहाँका शिक्षकहरुले तीनवुँदे माग गर्ने भएका हुन् ।

२०७५ भदौ २१ बिहीबार, बिहान १०:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीका राहत शिक्षकहरुले ३ बुँदे माग प्रदेश सरकारसँग माग गर्ने भएका छन् । अगामी भदौ २३ गते प्रदेश नं. २ का राहत शिक्षकहरुले मुख्यमन्त्रीलाई बुझाईने ज्ञापनपत्रमा यहाँका शिक्षकहरुले तीनवुँदे माग गर्ने भएका हुन् ।
राहत शिक्षक संघर्ष समिती महोत्तरीका अध्यक्ष राजकिशोर सिंहले दिएको जानकारी अनुसार समान्य प्रक्रिया अपनाई राहत शिक्षकलाई स्थायी गर्नुपर्ने, स्थायी शिक्षक सरह राहत शिक्षकले पनि सेवा सुविधा पाउनुपर्ने, विभिन्न चरणमा विद्यालयमा लिईने परिक्षामा राहत शिक्षकलाई समेत केन्द्राध्यक्षको जिम्मेवारी दिईने सहितको माग रहेको जनाएको छ ।
वुधबार वर्दिवासस्थित देउराली माविमा बसेको राहत शिक्षकको भेलाले सो माग गर्ने भएको अध्यक्ष सिंहले जनाउनुभयो । त्यस्तै महोत्तरीका सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरु भदौ २३ गते जनकपुरमा आयोजना हुने प्रदेशस्तरीय राहत शिक्षकहरुको भेलामा सहभागी जनाईने भएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै एकीकृत अखिल नेपाल क्रान्तिकारी शिक्षक संगठनका प्रदेश नं. २ का महासचिव राजवीर महतोले सरकारले बर्षौदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुमाथि विभेद गर्दै आएको जनाउनुभएको छ ।
सरकारले अनेकौ उपमा दिएर शिक्षकहरु फुटाएर दवाउन खोजेकोले सो विरुद्धमा आफुहरु पनि उत्रिने जनाउनुभएको छ । तत्कालको लागि राहत शिक्षकहरुको आन्दोलनमा आफुहरुको ऐक्यवद्धता रहेकोले सहयोग गर्नका लागि तयार रहेको जनाउनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…