सम्सी गाउँपालिकामा आन्दोलनरत स्वास्थ्यकर्मीहरुको माग सम्बोधन हेतु तत्कालै पहल हुने
सम्सी गाँउपालिकाका स्वास्थ्यकर्मीहरुले तलब र भताको माग गर्दै गाँउपालिकाको कार्यालयको मुलगेटमा मंगलवारदेखि धर्ना दिदै आएका छन् ।

२०७५ भदौ २१ बिहीबार, बिहान १०:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । सम्सी गाँउपालिकाका प्रमुख शेख फारुखले आन्दोलनरत स्वास्थ्यकर्मीहरुको तत्कालै माग सम्बोधनको लागि पहल गर्ने भएको छ । हिजो दोस्रो दिन गाँउपालिकाको मुलगेटमा धर्नामा बसेका स्वास्थ्यकर्मीहरुसँगको बार्ताको क्रममा अध्यक्ष शेखले विहीबारका दिनदेखि कार्यालयमा लेखापालको व्यवस्था गरिने र सर्वप्रथम स्वास्थ्यकर्मीहरुको माग सम्बोधन गराउने प्रतिवद्धता जनाउनुभएको हो ।
त्यस्तै सोही क्रममा अध्यक्ष शेखले गाँउपालिकाभित्र रहेको हरेक स्वास्थ्यसंस्थालाई निगरानी गर्नका लागि एक समिती गठन गरिने जनाउनुभएको छ ।
यता आन्दोलनरत स्वास्थ्यकर्मी राघेन्द्र यादवका अनुसार आफुहरु तत्कालै गाँउपालिकाको प्रमुखको आश्वासनमाथि विश्वास गर्न नसकिने बताउनुभएको छ ।
यसअधि पनि गाँउपालिकाले अनेकौपटक आफुहरुको समस्याको समाधानको लागि झुठो आश्वासन दिईएकोले आफुहरु तत्कालै धर्ना फिर्ता नलिएको यादवले जनाएको छ । आफुहरु भोली पुनः धर्ना दिन आउने जनाउनुभएको छ ।
सम्सी गाँउपालिकाका स्वास्थ्यकर्मीहरुले तलब र भताको माग गर्दै गाँउपालिकाको कार्यालयको मुलगेटमा मंगलवारदेखि धर्ना दिदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…