सिरहामा एकजना पुरुषको हत्या !
टोउकोमा धारिलो हतियार प्रहार गरेको र निधारमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

२०७५ भदौ २० बुधबार, बेलुकी ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २० भदौ । सिरहामा एकजना पुरुषको हत्या भएको छ । सिरहा नगरपालिका १९ सन्हैठामा एक दलित युवाको हत्या भएको हो ।
रक्षा बन्धनकै दिन आफ्ना वहिनीको घर गएका एक दलित युवाको बुधबार हत्या भएको छ । धारिलो हतियार प्रहार गरी सिरहा नगरपालिका वडा नम्बर २२ सागरपुर बस्ने ३२ वर्षीय राम उदगार सदायको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या भएका सदाय सिमावर्ती भारतको जोगियामा बस्ने वहिनी लोदरी सदाको घरमा गएका थिए । वैदेशिक रोजगारीबाट फर्किएका उनी पछिल्लो समय भारतको पंजावमा मजदुरी गर्दै आएका थिए ।
टोउकोमा धारिलो हतियार प्रहार गरेको र निधारमा चोटपटक देखिएको प्रहरीले जनाएको छ । सदायलाई हत्या गरी सन्हैठा–सहर्वा जाने बाटो छेउको धानखेतीमा पानीमा शव फालेको थियो । स्थानीयले शव देखिपछि प्रहरीलाई जानकारी गराएका थिए ।
३ छोरीहरु रहेको सदायको पारिवारीक अवस्था कमजोर रहेको स्थानीयले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…