धारापानी दुर्घटनाका मृतक दाजुभाईको सनाखत, ३ घण्टा चक्काजाम !
चालकलाई आजै जिल्ला अदालत धनुषामा पेश गर्दै म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाइएको छ ।

२०७५ भदौ २० बुधबार, दिउँसो ४:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । बुधबार विहान धनुषाको धारापानीमा भएको ट्रिपर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ प ६१८९ नम्बरको ट्रिपरले विपरित दिशाबाट आउँदै गरेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिका– ४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको मृत्यु भएको हो । उनीहरू दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ट्रिपरले ओभरटेक गर्ने क्रममा मोटरसाइकललार्इ ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् भने यसअघि प्रहरीले विपरित दिशातर्फबाट आउँदै गरेको मोटरसाईकललाई ठक्कर दिएपछि दुर्घटना भएको बताएका थिए ।
ट्रिपर चालक धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ बस्ने रामवृक्ष यादवका २४ बर्षिय छोरा लक्ष्मण यादव रहेका छन् । उनलाई आजै जिल्ला अदालत धनुषामा पेश गर्दै म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाइएको छ ।
प्रहरी शवलार्इ पोस्टमार्मको लागि जनकपुर अचल अस्पतालमा पठाइएको छ ।यता, घटनापछि ३ घण्टासम्म स्थानीयवासीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्धपछि हजारौँ सवारीको लाईन जकथक परेको थियो । प्रहरीले परिवारसँगको सहमतिपछि अवरुद्ध राजमार्ग खुलाइएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ढल्केवर जनकपुर सडकखण्डमा ट्रिपर टाईम कार्ड लागू गरेपछि ट्पिर दुर्घटनामा कमि आएको छ भने पूर्व पश्चिम राजमार्गमा कमला लगायत विभिन्न नदीहरुबाट दैनिक हजारौँको सँख्यामा चल्ने ट्रिपरमा टाईम कार्ड लागू नहुँदा तीव्र गतिमा चलाउने गरेको छ र दुर्घटना निम्त्याउने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले राजमार्गमा समेत टाईम कार्ड लागू सहित कार्यन्वयनमा जोड दिनु आवश्यक रहेको देखिएको छ ।
यस सम्बन्धी थप समाचार पढनुहोस ।
धनुषाको धारापानीमा ट्रिपरले मोसा ठोक्दा दुई जना ठहरै, शरिर क्षतविक्षत !!! |
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…