धनुषाको धारापानीमा ट्रिपरले मोसा ठोक्दा दुई जना ठहरै, शरिर क्षतविक्षत !!!
दुर्घटनापछि दुवै युवकको शव क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।

२०७५ भदौ २० बुधबार, बिहान १०:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धारापानीमा सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै (स्पोट डेथ) भएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी स्थित यज्ञमूमि प्रहरी चौकीकै अगाडी सवारी दुर्घटना हुँदा अन्दाजी बर्ष २७ र अर्का बर्ष २९ का दुई युवकको ज्यान गएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरर्गत पूर्वबाट आउँदै गरेको स ५ प ९०४६ नम्बरको सुजुकी मोटरसाईकल र पश्चिमबाट पूर्व जाँदै गरेको ना १ प ६१८९ नम्बरको ट्रिपरले धारापानीचोक भन्दा केही पश्चिम ठक्कर दिएको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ ।

दुर्घटनापछि दुवै युवकको शव क्षतविक्षत भएको प्रहरीले जनाएको छ । मृत्यू भएका युवकहरुको सनाखत भईनसकेको छ भने मोटरसाईकललाई ठक्कर दिने ट्रिपर र ट्रिपर चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…