धनुषाबाट ५ लाख नगद, गहना र छोरा सहित प्रहरीकै श्रीमति फरार !
५ लाख रुपैयाँ, तिल कुमारीको लागि किनेको गहना १ तोला सुन समेत गायब भएको देखेपछि यादवलाई फरार भएको शंका लागेको थियो ।

२०७५ भदौ २० बुधबार, बिहान ८:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट प्रहरीकै ईसारामा ५ लाख नगद र सुनको गहना तथा बच्चा सहित प्रहरीकै श्रीमति फरार भएकी छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी बस्ने बर्ष २९ का कमलेश प्रसाद यादवकी २७ बर्षिय श्रीमति तिल कुमारी श्रेष्ठ यादवले ऋण काढेर लिएको ५ लाख रुपैयाँ नगद, १ तोला सुन र ६ बर्षिय छोरा गोविन्द यादवलाई समेत लिएर फरार भएकी छन् ।
यादवले जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालबालिका सेवा केन्द्रमा खोज तलासको लागि निवेदन दायर गरेका हुन । यादव आफैँ नेपाल प्रहरीमा कार्यरत हुन् ।
गत साउन ४ गते नै घरबाट डयूटीको लागि निस्केका यादव साँझ डयूटि सकेर घर फर्किदा श्रीमति तिल कुमारी र छोरा गोविन्दलाई कोठामा नदेखेपछि उनको आफन्तहरु कहाँ सम्पर्क गरेका थिए । आफन्तहरुले समेत आफ्नो ठाउँमा नभएको तथा कुनै अत्तोपत्तो नभएको बताएपछि उनले बाकसमा राखेको ऋणको रकम खोज्न गए । बाकसमा ऋणको रकम ५ लाख रुपैयाँ, तिल कुमारीको लागि किनेको गहना १ तोला सुन समेत गायब भएको देखेपछि यादवलाई फरार भएको शंका लागेको थियो ।

घरबाट फरार भएकी तिलकुमारीलाई केही दिन सम्पर्क गर्दा कुनै बेला जनकपुर, कुनै बेला ईलाम गएको छु भनेर ढाटदै आएपछि उनको शंका झन बढेर गएको थियो । पछि मोबाईल समेत अफ गरेपछि तीलकुमारीको माईतीघर पाँचथर जिल्लाको आरण वडा नं. ८ मा गएपछि माइती भागेको थाहा पाए ।
तिलकुमारीको दाजु नै भिलेन
केही बर्षअघि लभमा परेर विहे गरेका कमलेश र तिलकुमारी यतिको वर्ष सँगसँगै बस्यो । यहाँसम्म की भागेर माइती जाँदा पनि खोज्न जाँदा कमलेस सँगै बसीन तर चोरेर । तिलकुमारीकी दाजु शसस्त्र प्रहरीका जवान हुन, उनले नै आफ्नी बहिनीलाई रकम लिएर फिर्ता आउन भनेको र फेरी नजान दबाब दिँदै आएको बताएकी छन् । तिलकुमारीकी दाजु सशस्त्र प्रहरीका जवान नारायण श्रेष्ठले रकम पनि नदिने र बहिनीलाई पनि जान नदिने भनेपछि कमलेशको विच्चली भएको छ ।
कमलेश तिलकुमारीलाई राम्रो घर बनाइदिने र छोरा पढाउनकै लागि साहूबाट ५ लाख रुपैयाँ ऋण उधार लिएका थिए । कमलेशले गत साउन २ गते मात्र ऋण लिएका थिए भने ४ गतेदेखि नै तिलकुमारी सबै रकम लिएर फरार भइन् ।
तिलकुमारीको पेटमा ४ महिनाको गर्भ समेत रहेको कमलेशले न्यूज ब्यूरोसँग भने । पेटमा बच्चा रहेको र अस्पतालमा समय समयमा गर्भवति जाँच गराउन गएको रिपोर्ट समेत सुरक्षित नै राखेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन चढाउँदै पाँचथर प्रहरीसँगको सहकार्यमा श्रीमति फिर्ता बोलाइदिन आग्रह कमलेशले गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…