सम्सी गाँउपालिकाको स्वास्थ्यकर्मीहरु तलव भताको माग गर्दै धर्नामा
५ वटा स्वास्थ्य संस्था रहेको सम्सी गाँउपालिकामा ३६ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन ।

२०७५ भदौ १९ मंगलबार, राति ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको सम्सी गाँउपालिकाका स्वास्थ्यकर्मीहरुले तलब र भताको माग गर्दै कार्यालयको मुलगेटमा धर्नामा बसेका छन ।
गत बैशाख महिनादेखिको तलब नपाएको भन्दै गाँउपालिकामा कार्यरत ३६ जना चिकित्सकहरुले धर्नामा बसेका हुन ।
विभिन्न समयमा गाँउपालिकाको कार्यालयमा यससम्बन्धमा जानकारी गराईएको तर विभिन्न बहाना गर्दै आफुहरुको माग सुनवाई नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्वास्थ्यकर्मी राघवेन्द्र प्रसाद यादवले बताउनुभयो ।
पछिल्लो समयमा समेत गाँउपालिकासँग वार्ता गर्न जाँदा १५ दिनको म्याद दिएर आफुहरुलाई अन्यौलमा पारेको र पछि लेखा अधिकृत नभएकोभन्दै वहाना देखाएर गाँउपालिकाको कार्यालयले माग सुनावाई नगरेको चिकित्सक यादवले जानकारी दिनुभयो ।
आफुहरुको माग सुनवाईको सम्बन्धमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसपछि गाँउपालिकाको कार्यालयमा तालाबन्दी समेत गरिने यादवले जनाउनुभयो ।
५ वटा स्वास्थ्य संस्था रहेको सम्सी गाँउपालिकामा ३६ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…