नापी कार्यालय धनुषाका जँजिरदार यादव रँगेहात अख्तियारको फन्दामा !
टोलीले उनलाई विशेष सूचनाको आधारमा घुस रकम १५ हजार सहित रंगेहाथ पक्राउ गरेको हो ।

२०७५ भदौ १९ मंगलबार, दिउँसो २:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नापी कार्यालय धनुषाका जँजिरदार घुस रकम सहित अख्तियारको फन्दामा परेका छन् ।
नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जय गोविन्द यादवलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई विशेष सूचनाको आधारमा घुस रकम १५ हजार सहित रंगेहाथ पक्राउ गरेको हो ।
उनले धनुषाको लक्ष्मिनीया गाउँपालिका वडा नम्बर ३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँब्लकको जग्गा नापी हुँदा सच्चयाउनका लागि १५ हजार रुपैयाँ घुस मागेका थिए । कित्ताकाट ट्रेस नक्शा तयार पार्ने प्रयोजनका लागि घुस मागेको भन्दै अख्तियारले यादवलाई पक्राउ गरेको हो ।
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना र कैद सजाय मागदावी गरी विशेष अदालतमा आरोप–पत्र दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख पुरुषोत्तम ढकालले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…