स्वराजी राममनोहरको लहानमा श्रद्धाञ्जली सभा, सहिद घोषणाको माग
विरोध जनाउँदैमा हिरासतमा लिएर यातना दिन लगाएर उपेन्द्र यादबले नै उनको हत्या गराएको आरोप उनीहरुको छ ।

२०७५ भदौ १९ मंगलबार, बिहान १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १९ भदौ । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका स्वराजी राम मनोहर यादवको सम्मानमा सिरहाको लहानस्थित शहिद चौकमा सोमबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा स्वास्थ जनसंख्या एवं उपप्रधानमन्त्री उपेन्द्र यादवको एउटा कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका नेता राम मनोहर यादवको सम्मानमा श्रद्धाञ्जली सभा गरिएको हो ।
स्वतन्त्र मधेस गठबन्धन र स्थानीय अगुवाहरुको नेतृत्वमा श्रद्धाञ्जली सभा गरिएको छ । उनीहरुले घटनाको सत्यतथ्य छानविन गरी हिरासतमा यातना दिने प्रहरीलाई कारबाही र यादबलाई सहिद घोषणा गर्नुपर्ने सरकारसँग माग समेत गरेका छन् ।
भव्यताका साथ श्रद्धाञ्जलीसभा गरेका उनीहरुले फोरम अध्यक्ष उपेन्द्र यादबको चर्को आलोचना तथा विरोध समेत गरेका छन् । विरोध जनाउँदैमा हिरासतमा लिएर यातना दिन लगाएर उपेन्द्र यादबले नै उनको हत्या गराएको आरोप उनीहरुको छ ।

उनीहरुले स्वास्थ्यमन्त्री समेत रहेका उपेन्द्रको राजीनामा समेत माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…