रौतहटमा भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी !
भन्सारका अधिकृत तथा कर्मचारीको मासिक नजराना रकम तोकिएको छ ।”

२०७५ भदौ १८ सोमबार, बेलुकी ६:५९ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । भारतीय बजार सँग सिमा जोडिएको रौतहट सदरमुकाम गौर सँगठीत तस्करहरुले तस्करी सुरु गरेका छन ।
भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार बाट कर्मचारीकै मिलेमतोमा केही व्यापारीले राजश्व छल्दै कम मूल्यांकन राखेर प्रज्ञापन पत्र बनाएर सँगठीत रुपमा तस्करीको कारोबार शुरु गरेका छन ।
तस्करहरुले लाखौं रुपैया राजश्व तिर्नु पर्ने ठाँउमा आयातित बस्तुको मूल्यांकन तथा परिमाण न्यून राखेर केही हजार मात्रै राजश्व बुझाएर भन्सार कर्मचारीको मिलेमतोमा दैनिक लाखौं रुपैया बराबरको कपडा, खाद्यान्न तथा मेशिनरी पार्टसको तस्करी शुरु गरेका छन ।
मुख्य भन्सार नाका अगाडिको विद्युतिय पोलमा प्रशासन, भन्सार विभाग तथा गौर भन्सार कार्यालय समेतले निगरानीका लागी सिसिटिभी जडान गरेका छन । तर तस्करीका दृश्य र भन्सार कर्मचारीको बदमासीहरु भने क्यामेराले कैद नै गर्न सकेको छैन । “मुख्य प्रवेशद्धार बाटै पिकअप गाडीले तस्करी गर्छ । भन्सारका कर्मचारी मिलेका छन त्यसैले ती सामान समातिदैन ।” श्रोत भन्छ “पाँच लाख राजश्व तिर्नुपर्ने छ भने एक लाख सम्म राजश्व तिर्नुपर्ने गरी मूल्याकंन गरेर कागजपत्र बनाइन्छ । भन्सारका अधिकृत तथा कर्मचारीको मासिक नजराना रकम तोकिएको छ ।”
भन्सार कर्मचारीहरुले कपडाका प्रति पोका तथा कवाडीका प्रत्येक ट्रकको छुट्टा छुट्टै घुस रकम तोकेका छन । भन्सार अधिकृतको मिलेमतोमा दैनिक लाखौंको राजश्व चुहावट हुदा समेत राजश्व कार्यालय तथा भन्सार विभाग मौन बसेको छ ।
यसरी हुन्छ तस्करी
जिल्ला भरीमा रहेका व्यापारीक केन्द्रहरुले आफैले भारत बाट सामान मगाएर भन्सार काटेर लग्ने प्रक्रिया गाह्रो, झन्झटिलो र महङ्गो हुने भन्दै बिचौलियाको सहारा लिन्छन । बिचौलिया तस्करहरुले भारत बाट आएको पाँच लाखको सामानको मूल्याङ्कन ६० प्रतिशत भन्दा पनि तल पु¥याएर भन्सार अधिकृतको सेटिङ्गमा सो सामान रौतहटका विभिन्न स्थानमा पु¥याउने प्रज्ञापन पत्र तयार गराउछन ।
व्यपारीले भारतीय बजारमा एक हजारमा किनेको एउटा साडीको मूल्याङ्कन भन्सारले दुई सय रुपैया भन्दा बढी गर्दैन र सोही मूल्याङ्कन अनुसारको राजश्व लिन्छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…